रेडियो मिसन, नवलपुर ।
सिन्धुपाल्चोक जिल्लाकोे हेलम्बु र पाँचपोखरी र लिसंखुपाखर गाउँपालिकाले सोनाम ल्होछारमा ३ दिन बिदा दिने निर्णय गरेको छ ।
२८५९ औँं ह्योई ल्हो (विरालो वर्ग) सोनाम ल्होछारको अवसरमा हेलम्बु र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले माघ ८, ९ र १० गते तथा लिसंखुपाखर गाउँपालिकाले माघ ७, ८ र ९ गते बिदा दिने निर्णय गरेको सुचना निकालेर जानकारी गराएका छन् ।
सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यी गाउँपालिकाहरुमा गाउँपालिका अन्तर्गतसम्पूर्ण कार्यालय र शैक्षिक संस्थासमेत बिदा दिने निर्णय गरेका छन् ।
गाउँ कार्यपालिकाको निर्णय अनुसार नै उक्त बिदा दिने निर्णय गरेका गाउँपालिकाहरुले जानकारी दिएका छन् ।