सिन्धुपाल्चोकमा बिश्व आदिवासी जनजाति दिवस मनाईयो

* # जीवन शैली समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारामा २९ औं बिश्व आदिवासी जनजाति दिवस मनाइएको छ ।


राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, सिन्धुपाल्चोकद्धारा आयोजित नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति महिला उत्थान केन्द्र, सिन्धुपाल्चोकको समन्वयमा विभिन्न आदिवासी जनजाति सहभागी भई उक्त दिवस मनाईएको हो ।


कार्यक्रममा वागमति प्रदेश सभा सदस्य माईलि तामाङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न आदिवासी जनजातिहरु परम्परागत साँस्कृतिक भेषभुषामा सजिएर ¥यालीमा सहभागी हुनुभएको थियो ।


जातीय सघं संस्थाहरु र नेपाल ग्रामीण पत्रकारिता पुरस्कार (नेजा) बाट पुरस्कृत हुनुभई राष्ट्रिय आदिवासी जनजाति महिला महासघं (निफ), सिन्धुपाल्चोकद्धारा सचांरकर्मी कमला पाख्रीनलाई सम्मानका साथ प्रशंसा पत्र प्रदान गरिएको थियो ।


विश्वका आदिवासी जनजातीहरूले हरेक वर्षको ९ अगस्टलाई विश्व आदिवासी दिवसको रुपमा मनाउदै आएका छन् ।

Leave a Reply