सिन्धु पुरानागाँउ माविको ७४ औं वार्षिकोत्सव तथा ६८ औ अभिभावक सम्मेलन सम्पन्न 

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, सिन्धुकोट ।
श्री सिन्धुपुरानागाउँ माध्यमिक विद्यालय को ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलन सम्पन्न भएको छ । आज एक कार्यक्रमको बिचमा बिच विद्यालयले ७४ औ वार्षिकोत्सव एवं ६८ औ अभिभावक सम्मेलन सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेलम्चीका नगर प्रमुख आइतमान तामाङले सिन्धुपुराना गाउँ मावि को विद्यालय वरिपरि तारजाली लगाएर घेराबार गर्ने प्रतिवद्धता जनाउनुभएको छ । समग्र मेलम्ची नगरमा शिक्षाको गुणस्तर बृद्वि गर्नको लागि सबैको सल्लाह लिएर काम गर्ने बताउनुभएको छ । विपन्न वर्गको विद्यार्थी लाई छात्रवृति दिएको र त्यसले पढाईलाई निरन्तरता दिने उहाँले बताउनुभयो । कक्षा ८ सम्मको विद्यार्थीको लागी खाजाको ब्यवस्था गरेको पनि उहाँले जानकारी दिनुभयो । नयाँ भएकाले सबै ठाँउमा सबै काम योजनाबद्ध रुपमा गर्न केही समय लाग्ने उहाँले बताउनुभएको छ । यति हुँदाहुँदै पनि नगरपालिकाको छात्रवृति दिने सोच बनाएको उहाँले बताउनुभयो । पढाई सँगै सांस्कृतिक कार्यक्रमहरूको लागि सहयोग गर्ने उहाँले बताउनुभयो । 

विद्यालयका प्रधानाध्यापक कुमार प्रसाद खतिवडाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हाल विद्यालयमा विद्यार्थी ४३३ रहेको उहाँले जानकारी दिनुभयो । आ नै उत्कृष्ट अभिभावक सम्मान कार्यक्रम, सांस्कृतिक कार्यक्रम, जेहेन्दार विद्यार्थी लाई छात्रवृति लगायतका कार्यक्रम रहेको थियो । 

मेलम्ची नगरपालिका पूर्व उपप्रमुख भगवती नेपालले शैक्षिक सुधारको लागि प्रधानाध्यापक खतिवडाले समग्र नगरकै नेतृत्व लिनपर्ने बताउनुभएको छ । साथै छात्रावास निर्माणको लागि आफूले सकेको सहयोग गर्ने बतउनुभएको छ । 

कार्यक्रममा वडा अध्यक्ष राजु रायमाझी, पूर्व वडा अध्यक्ष, सुदर्शन लुँइटेल, मेलम्ची ५ का वडा सदस्यहरू लगायतको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply