सीमा नाका व्यवस्थापन अपराध नियन्त्रण सम्बन्धी नेपाल चिन सुरक्षा बैठक

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, सिन्धुपाल्चोक ।
सीमा नाका व्यवस्थापन अपराध नियन्त्रण सम्बन्धी नेपाल चिन सुरक्षा बैठक सम्पन्न भएको छ । बैठकमा सीमा नाका व्यवस्थापन अपराध नियन्त्रण तथा अन्य समसामयिक विषयमा सिमा सुरक्षा सम्बन्धी छलफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बैठकमा नेपाल तर्फका सुरक्षा निकायका प्रतिनिधी र मित्र राष्ट्र चिन तर्फका सुरक्षा निकायका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

सोमबार कोदारीमा सम्पन्न उक्त बैठकमा आउँदो मे १ बाट सिमा नाका सुचारु÷संचालनमा आउने, दुवै देशबिच कोभिड संक्रमण सम्बन्धी सावधानी अपनाउने तथा सुचना सम्प्रेषण गर्ने, अन्तर्देशीय सिमना सुरक्षा ब्यवस्था अझ मजबुद बनाउने, अपराध नियन्त्रण र न्युनिकरणमा संवेदशील रहि आवश्यकता अनुसार संयुक्त तालिम, गस्ती गर्ने थप चेक प्वाइन्ट राखी कडा चेक जाँचको ब्यवस्था मिलाउन निर्णय भएको जिल्ला प्रहरी सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रामकुमार यादवले जानकारी दिनुभयो ।

साथै बैठकमा सिमा सुरक्षा सम्बन्धी सम्पुर्ण सुचना तत्कालै आदान प्रदान गर्ने र बिगतमा भए जस्तै आगामी दिनहरुमा समेत आपसी सुरक्षा सम्बन्धी काम कारवाहीमा सहयोग र समन्वयात्मक कार्यमा अझ बढी संवेदशील रहि सुरक्षा ब्यवस्थालाई मजबुद बनाउने बिषयमा पनि छलफल भएको जनाएको छ ।

Leave a Reply