सिपापाेखरे । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नारा सहित सिन्धुपाल्चाेककाे इन्द्रावती गाउँपालिका वडा नम्बर -७ मा गाउँपालिका स्तरीय दोस्रो वडाध्यक्षकप रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरू भएकाे छ ।

सहिद स्मृति कबर्ड हलमा प्रतियाेगिता शुरू भएकाे हाे । खेलकाे गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उद्वाटन गर्नुभयाे । इन्द्रावती गाउँपालिका वडा नम्बर -७ को युवा तथा खेलकुद बिकास समितिकाे आयाेजनामा प्रतियाेगिता शुरू गरिएकाे हाे ।
प्रतियोगिता यही असार १२ गतेदेखि १४ गतेसम्म चल्ने छ । वडा नम्बर ७ लाई भलिबलको हब बनाउने उदेश्यले भलिबल प्रतियोगिता गरिएकाे वडा अध्यक्ष रविन्द्र कुमार खातीले जानकारी दिनुभयाे ।

प्रतियाेगितालाई सम्बाेधन गर्दै प्रमुख अतिथि झम्कनाथ नेपालले आम समृद्विलाई ब्यवहारमा कार्यान्वयन गर्न खेलकुद क्षेत्रकाे पनि समृद्वि आवस्यक रहेकाे बताउनुभयाे । भलिवल र फुटबलमा ईन्द्रावतीका खेलाडीले राम्राे प्रदर्शन गरेकाे उहाँले बताउनुभयाे । ईन्द्रावतीमा हुने खेलहरूलाई गाउँपालिकाले अभिभावकत्व गर्ने नेपालकाे भनाई छ ।

मन्तव्य राख्दै ईन्द्रावती गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले कबर्ड हलकाे संरचना बनाउन सहयाेग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयाे । खेलाडी राष्ट्रकाे गहना भएकाे भन्दै वडा अध्यक्ष तामाङले कार्यक्रम सफलताकाे शुभकामना दिनुभयाे ।

प्रतियोगितामा इन्द्रावती गाउँपालिका का १२ वटै वडा बाट सहभागी हुन पाउने व्यवस्था गरिएको थियाे । ६ वटा वडाकाे ७ टिम प्रतियाेगितामा सहभागी छन । गाउँपालिकाकाे वडा नं १, ४, ५, ७, ८ र १२ नं का खेलाडीहरूकाे प्रतियाेगितामा सहभागीता रहेकाे छ ।

प्रतियोगितामा प्रथम हुनेले ४० हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उद्वाटन खेल वडा नं ७ बि र वडा नं १२ बिच सुरू भएकाे छ ।

युवा तथा खेलकुद बिकास समिति ईन्द्रावती ७ का अध्यक्ष प्रकाश घिमिरेकाे सभाध्यक्षतामा भएकाे उद्वाटन कार्यक्रममा ईन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतीथ्यता रहेकाे थियाे ।

कार्यक्रममा ईन्द्रावती ७ का पुर्व वडा अध्यक्ष वीर बहादुर तामाङ, ईन्द्रावती ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, ईन्द्रावती ८ का अध्यक्ष डिल बहादुर श्रेष्ठ, संघ संस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, स्थानिय लगायतकाे उपस्थिति रहेकाे थियाे ।
