मंसिर ९
सिन्धुपाल्चोक जिल्ला लोकतान्त्रिक बाम गठबन्धनमय बनेको छ । जिल्लाका सबै सिटमा गठबन्धनका उम्मेदवारहरू निर्वातित भएका छन् । २०७४ मा भएको निर्वाचनमा बाम गठबन्धनले क्षेत्र नम्बर २ को ख बाहेक ५ सिट जितेको थियो भने २ को ख कांग्रेसले जितेको थियो ।

जिल्लाको क्षेत्र नम्बर १ मा नेकपा माओवादीका माधव सापकोटा विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका शरेस नेपाललाई पराजीत गर्नुभएको हो । गठबन्धनको तर्फबाट साझा उम्मेद्वार बन्नुभएका सापकोटाले ३० हजार ३ सय ७४ मत मत ल्याउनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेपालले २७ हजार २० मत ल्याउनुभएको छ । सापकोटाले नेपाललाई ३ हजार ३ सय ५४ मतले पराजीत गर्नुभएको हो ।

क्षेत्र नम्बर १ को प्रदेशसभा क मा नेपाली कांग्रेसको उम्मेद्वार मसिना खड्का भण्डारी विजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेद्वार युद्धबिक्रम तामाङलाई पराजीत गर्नुभएको हो । खड्काले १४ हजार छ सय ५२ मत ल्याउनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी युद्धबिक्रम तामाङले १३ हजार ४९० मत ल्याउनुभएको छ । ११ सय ६२ मतले खड्काले निर्वाचन जित्नुभएको हो ।

प्रतिनिधि सभा क्षेत्र नं १ प्रदेश सभा ९ख० मा माओवादी केन्द्रका उम्मेदवार सरलसहयात्री पौडेले विजयी हुनुभएको छ । प्रमुख प्रतिस्पर्धी एमाले उम्मेदवार होमनारायण श्रेष्ठलाई ४ हजार २ सय ४३ मतान्तरले पराजित गर्दै पौडेल निर्वाचित हुनुभएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पौडेलले १७ हजार २ सय ५६ मत प्राप्त गर्नुभयो । श्रेष्ठले १३ हजार १३ मत मात्र पाउनुभयो ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपालि कांग्रेसका मोहन बहादुर बस्नेत बिजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । बस्नेतले ११ हजार ८ सय ७४ मतले तामाङलाई पराजित गर्नुभएको हो । कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउनुभएको छ भने एमालेका तामाङले २७ हजार ४ सय ९३ मत ल्याउनुभएको छ । दुवै हेविवेटका नेताको प्रतिस्पर्धा भएकाले यो क्षेत्रलाई चासोको रूपमा हेरीएको थियो ।

प्रतिनिधि सभा २ को प्रदेशसभा क मा नेकपा माओवादी केन्द्रका युवराज दुलाल शरद विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेद्वार अमानसिं तामाङलाई पराजीत गर्दै दुलालले जित निकाल्नुभएको हो । माओवादीका दुलालले २० हजार ९०६ मत ल्याएर विजयी हुनुभएको हो । एमालेका तामाङले १३ हजार ३९६ मत पाउनुभएको छ । राप्रपाका बाबुराम खड्काले २ हजार ३३३ मत ल्याएर तेस्रो हुनुभएको छ ।

क्षेत्र नम्बर २ प्रदेशसभा ख मा कृष्ण कुमार तामाङ ९समिर० निर्वाचित हुनुभएको छ। उहांले नेकपा एमालेका उम्मेदवार हस्त बहादुर पण्डितलाई १ हजार ५ सय ५ मतले पराजित गर्नुभएको हो । २९ बर्षिय तामाङले १७ हजार ७ सय ५८ मत ल्याउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धि पण्डितले १६ हजार २ सय ५३ मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी बिकास रिजालले जानकारी दिनुभयो ।