इन्द्रावती १० भाेटसिपामा बृहत स्वास्थ्य शिविर सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

इन्द्रावती गाउँपालिकाको आयोजना, वडा कार्यालयकाे समन्वय, जर्मन नेपाल सहयोग संघ र बिकासकाे लागि एकता संस्थाकाे सहयोगमा ईन्द्रावती १० काे भाेटसिपा स्वास्थ्य चाैकीमा बृहत स्वास्थ्य शिविर सम्पन्न भएकाे छ ।

शिविरमा सामान्य चेकजाँच गराउने ३ सय १ जना, स्त्री तथा प्रसुती रोग जाँच गराउने १३४ जना, दाँत सम्बन्धि चेकजाँच तथा उपचार गराउने ११६ जना, आँखा सम्बन्धि चेकजाँच तथा उपचार गराउने २५१ जना र भिडियो एक्स-रे गराउने ५५ जना रहेको गाँउपालिकाका सिनियर अहेव अधिकृत अनिरूद्र तिमल्सिनाले जानकारी दिनुभयाे ।

जसमध्ये माेतियाबिन्दुकाे अप्रेसन गर्नुपर्ने २८ जना, ५० जनालाई चस्मा वितरण, सामान्य उपचार १ सय ७३ जनालाई गरिएको तिमिल्सिनाले बताउनुभयाे । शिविरमा क्षयरोगको शँका लागेका ३८ जनाको खकार परीक्षण गरीएको थियो ।

गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालकाे प्रमुख आतिथ्यता र वडा नं १० का अध्यक्ष रामचन्द्र घिमिरेकाे अध्यक्षतामा शिविर सम्पन्न गरिएकाे हाे । कार्यक्रममा इन्द्रावती १० का वडा सदस्यहरू बलराम भट्टराई, हेमन तामाङ, गंगा बसेल पुर्कुटीकाे समेत उपस्थिति रहेकाे थियाे ।

कुञ्चाेक स्वास्थ्य चाैकी प्रमुख बिकास अधिकारी, बाडेगाउँ स्वास्थ्य चाैकी प्रमुख सिर्जना तामाङ, सिपापाेखरे स्वास्थ्य चाैकी प्रमुख प्रतिमा तामाङ र तुलसीडाँडा सामुदायिक स्वास्थ्य इकाइ प्रमुख अष्टलक्ष्मी तामाङले कार्यक्रममा सहयाेग गर्नुभएकाे थियाे ।

त्यस्तै त्यस्तै क्षयराेग तथा कुष्ठराेग स्कृनिङ शिविर बैशाख २२ गते इन्द्रावती १२ काे भिमटार स्वास्थ्य चाैकी र २३ गते इन्द्रावती ६ काे बांडेगाउँ स्वास्थ्य चाैकीमा हुने तिमल्सिनाले जानकारी दिनुभयाे ।

Leave a Reply