सिन्धुपाल्चोक २ मा करिव ४ प्रतिशत मत बदर, प्रदेश क मा भन्दा ख मा कम

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

मंसिर ९
सिन्धुपाल्चोक जिल्लाको क्षेत्र नम्बर २ मा करिब ४ प्रतिशत मत बदर भएको छ । निर्वाचन आयोगले मतदाता शिक्षा दिए पनि प्रभावकारी हुन नसक्दा यस क्षेत्रमा ३ दशमलव ८९ प्रतिशत मत बदर भएको पाइएको छ ।

यस क्षेत्रमा १ लाख २९ हजार ५ सय ६४ कुल मतदाता माध्ये ७६ हजार ५ सय ६४ (५९ प्रतिशत) मत खसेको थियो । जसमध्ये ७३ हजार ५ सय ८३ मत सदर र २ हजार ९ सय ८१ मत बदर भएका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार यस क्षेत्रको प्रदेश ख मा भन्दा प्रदेश क मा बढी मत बदर भएको पाईएको छ । प्रदेश क मा ३ दशमलव ११ प्रतिशत मत बदर भएको छ भने ख मा २ दशमलव ४९ प्रतिशत मत बदर भएका छन् ।

Leave a Reply