जिल्लास्तरीय भलिबल प्रतियोगितामा आयोजकको विजय सुरुवात

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक


दुवाचौर । जिल्ला स्तरीय भलिबल प्रतियोगिता–२०८२ आजबाट सुरु भएको छ । वडा खेलमैदान दुवाचौरमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नमुना युवा क्लब छापले विजय सुरुवात गरेको छ ।

उत्कृष्ट प्रदर्शन गरेको आयोजकले योङ स्टार क्लब, दुवाचौर लाई २–१ को सेटमा पराजित गरेको हो ।

आज भएको अन्य खेलहरूमा थाक्ले युवा क्लबले इन्द्रावती गाउँपालिकालाई सेलले युवा क्लबले आयोजकको ए टोलीलाई र त्रिशक्ति युवा क्लब मेलम्ची ९ ले वनकाली युवा क्लब जुगललाई सोझो सेटले पराजित गरेको खेल संयोजक कविन तामाङले जानकारी दिनुभयो ।

नमुना युवा क्लबको आयोजनामा तथा मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगिता चैत्र १८ गतेसम्म चल्नेछ । प्रतियोगितामा जिल्ला भित्रका आठ टोलीले सहभागिता जनाएका छन् ।

प्रतियोगितामा विजेता टोलीले १ लाख रुपैयाँ, दोस्रो हुने टोलीले ६० हजार, तेस्रो हुने टोलीले ३५ हजार र चौथो स्थान हासिल गर्ने टोलीले १५ हजार रुपैयाँ, साथै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

Leave a Reply