रेडियो मिसन ।
१०८ त्रिशूल महाअभियान अन्तर्गतको एक त्रिशूल मेलम्ची नगरपालिका वडा नम्बर १० बगुवा रावलटोलमा रहेको ऐतिहासिक शितला देवी मन्दिरमा स्थापना गरिने भएको छ ।
वडाध्यक्ष अमृत खनाल र प्रकाश मानव सेवा सांस्कृतिक झाक्री केन्द्रका युवा धर्मगुरु कृष्ण बस्नेतद्वारा संयुक्त रुपमा आज सिलान्यास गरिएको हो ।
मन्दिरमा २७ फिट लामो त्रिशुलको शिलान्यास संगै मन्दिरका लागि र ५१ हजार एक सय ५१ रुपैयाँ रकम गुरु कृष्ण बस्नेतका बुबा प्रेमबहादुर बस्नेत तथा आमा सानुडम्बर कुमारीको नाममा सहयोग गर्नु भएको छ ।