सिन्धुपाल्चोक–२ मा चुनावी ‘महाकुम्भ’: कसको पल्ला भारी ?

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नं. २ यतिबेला देशकै ध्यान खिच्ने ‘हटस्पट’ बनेको छ। १८ जना उम्मेदवार मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेसका वंशलाल तामाङ, एमालेका शेरबहादुर तामाङ, नेकपाका युवराज दुलाल र रास्वपाका झलककुमार श्रेष्ठबीच हुने देखिएको छ।

१. वंशलाल तामाङ (नेपाली कांग्रेस): ‘गाउँपालिका अध्यक्षदेखि संसद्सम्मको यात्रा’

अमेरिकाको लामो बसाइ र ग्रीन कार्ड त्यागेर स्वदेश फर्किएका ६२ वर्षीय वंशलाल तामाङ यतिबेला ‘इन्द्रावती मोडेल’ को विकासलाई क्षेत्रभरि फैलाउने अभियानमा रहनुभएकाे छ। २०७४ मा इन्द्रावती गाउँपालिकाको अध्यक्ष हुँदा देखाएको ‘एक्जिक्युटिभ’ कार्यक्षमता, २०४२ देखिको आन्दोलनको पृष्ठभूमि र गगन थापा निकट मानिने उहाँको बलियो संगठन अनुकूलता रहेकाे छ । पदमा रहँदा काम गर्न सक्ने क्षमता भएकाे र जिम्मेवारीबाट नभाग्ने नेताकाे रुपमा पनि तामाङलाइ चिनिन्छ । सिन्धुपाल्चोकको विकासको कथा युरोपका विद्यालयमा पढाइने स्तरको बनाउने। कृषि, शिक्षा र सुशासन उहाँको मुख्य आधार हो। पार्टिभित्र विषेश महाधिवेशनकाे विपक्षमा रहेका नेताहरुकाे असन्तसष्ठी विपक्षीले मुद्दा बनाउन सक्ने चुनौती रहेकाे छ । ईन्द्रावती गाउँपालिकाको अध्यक्ष हुँदा उहाँले पालिकालाई देशकै नमुना बनाउनुभएकाे थियाे। उहाँसँग “गरेर देखाएको” इतिहास छ । विद्यार्थी राजनीतिदेखि नै भुइँतहका कार्यकर्ता र जनताको सुख-दुःखमा साथ दिएका कारण उहाँलाई ‘आफ्नै मान्छे’ ठान्नेहरूको ठूलो पंक्ति छ। वंशलाल जे बोल्नुहुन्छ, त्यो गरेरै छाड्नुहुन्छ भन्ने छाप मतदातामा गहिरो छ। शेरबहादुरको अकर्मण्यता र युवराजको अवसरवादको विकल्पमा वंशलाल तामाङको ‘विकासवादी छवि’ नै यस निर्वाचनको निर्णायक शक्ति बन्ने निश्चित छ।

२. शेरबहादुर तामाङ (नेकपा एमाले): ‘विरासत जोगाउने दाउ’

पूर्वमन्त्री तथा ५६ वर्षीय शेरबहादुर तामाङ छैटौँ पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। कानुनमा दख्खल राख्ने र पीएचडी अध्ययनरत तामाङ बौद्धिक नेताका रूपमा चिनिनुहुन्छ। नीतिगत र कानुनी विषयमा बलियो पकड, पूर्वमन्त्रीको अनुभव उहाँकाे अनुकूलता रहेकाे छ । विगतका विवादास्पद अभिव्यक्तिले गुमेको केही विश्वसनीयता र अघिल्लो निर्वाचनमा बेहोरेको पराजयको दबाब तामाङकाे प्रतिकूलता रहेकाे छ। कृषिको आधुनिकीकरण र भ्रष्टाचारमुक्त प्रशासनको नारासहित एमालेको संगठित मतलाई जोगाउने चुनाैती पनि उत्तिकै रहेकाे छ । पहिलो पटक २०५६ मा नेकपा मालेबाट सिन्धुपाल्चोक–३ मा उम्मेदवार बन्नुभएका उहाँले २०६४ सालमा एमालेबाट उम्मेदवार बनेपछि पराजय बेहोर्नु परेको हो । विसं २०७० मा सिन्धुल्पोल्चोक–३ बाटै पहिलो पटक तामाङले चुनाव जित्नुभएको थियोे । तीन वटा निर्वाचन क्षेत्र घटेर दुईवटामा झरेपछि तामाङ २०७४ सालमा बाम गठबन्धनबाट क्षेत्र नं २ बाट विजयी हुनुभएको थियो । २०७९ मा तामाङ लाेकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार माेहन बहादुर बस्नेतसँग पराजीत हुनुभएकाे हाे ।

३. युवराज दुलाल (नेकपा): ‘प्रदेशबाट संघमा छलाङ’

४३ वर्षीय युवा नेता युवराज दुलाल प्रदेश सभाबाट राजीनामा दिएर संघीय संसद् ताक्दै हुनुहुन्छ। दुई पटक प्रदेश सभा सदस्य र बागमती प्रदेशको मन्त्री भइसक्नुभएका दुलाल ‘रिजल्ट’ दिने नेताका रूपमा चिनिनुहुन्छ। युवामाझ लोकप्रिय छवि, तार्किक बहस गर्ने शैली र स्वास्थ्य/पूर्वाधारमा गरेको देखिने काम दुलालकाे अनुकुलता हाे । । प्रदेशको जिम्मेवारी बीचमै छाडेर हिँडेकोमा ‘पदलोलुपता’ को आरोप र एकल प्रतिस्पर्धाको जोखिम प्रतिकुलता हाे। “जहाँ पद, त्यहीँ हाम फाल्ने” प्रवृत्तिका कारण दुलालप्रति जनताको भरोसा डगमगाएको छ। दुलाल २०७४ मा पनि क्षेत्र नम्बर २ काे प्रदेश सभा ‘क’ बाट तत्कालीन एमाले र माओवादीकाे गठबन्धनबाट विजयी हुनुभएकाे हाे भने २०७९ मा काँग्रेस र माओवादीकाे गठबन्धनबाट विजयी हुनुभएकाे हाे । बागमती प्रदेशमा पटक पटक मन्त्रि हुनुभएका दुलाल प्रदेशसभामा ईमेल मार्फत राजीनामा बुझाएर प्रतिनीधी सभाकाे टिकट लिएर आउनुभएकाे हाे । पटक पटक मन्त्रि बन्दा केही कामहरु गरेपनी दुलाल आफ्ना कार्यकर्ताकाे परीधीभित्र मात्रै रहनुले पनि दुलाललाई याे निर्वाचन असहज हुने छ । यसैपनि पार्टी संगठनकाे मत अरु २ उम्मेदवारकाे भन्दा दुलालकाे कम रहेकाे छ ।

४. झलककुमार श्रेष्ठ (रास्वपा): ‘जेनजी आन्दोलनको राप’

४७ वर्षीय झलककुमार श्रेष्ठलाई रास्वपाले नयाँ अनुहारका रूपमा अघि सारेको छ। व्यावसायिक र सामाजिक अभियन्ताको पृष्ठभूमि भएका उनी स्थापित दलप्रतिको असन्तुष्टि तान्ने दाउमा हुनुहुन्छ । नयाँ अनुहारप्रतिको आकर्षण र सामाजिक न्यायमा जोड उहाँकाे अनुकुलता हाे। राजनीतिक अनुभवको कमी र जिल्लामा रास्वपाको तुलनात्मक रूपमा कमजोर संगठन उहाँकाे प्रतिकूलता रहेकाे छ । यसै पनि रास्वपाका संस्थापक नेताहरुकाे माैनताले पनि श्रेष्ठलाइ निर्वाचन चुनाैतिपूर्ण हुने देखिन्छ ।

चुनावी अंकगणित: २०७९ को ऐना

२०७९ को निर्वाचनमा यो क्षेत्रमा रोचक नतिजा आएको थियो :

मोहनबहादुर बस्नेत (कांग्रेस – विजयी): ३९,३८१ मत (त्यतिबेला माओवादीको साथ थियो)।

शेरबहादुर तामाङ (एमाले): २७,५१५ मत।

माया गुरुङ (रास्वपा): २,४५३ मत।

यसपटक भने समीकरण फेरिएको छ। कांग्रेस, एमाले र नेकपा छुट्टाछुट्टै मैदानमा छन्, जसले गर्दा मत विभाजन हुने निश्चित छ। एमाले आफ्नो पुरानो मत सुरक्षित गर्दै जित निकाल्ने दाउमा छ भने कांग्रेसका वंशलाल तामाङ ‘विकासको ब्राण्ड’ र नयाँ जोसका साथ अघि बढ्नुभएकाे छ । सिन्धुपाल्चोकका मतदाताका लागि मेलम्ची बाढीपछिको स्थायी समाधान, कृषिमा अनुदान र बढ्दो विदेश पलायन रोक्नु मुख्य चुनौती हुन्। पटक-पटक परीक्षण हुनुभएका शेरबहादुर, प्रदेश छाडेर संघ ताक्ने युवराज र नयाँ अनुहारका रूपमा आएका झलकबीच वंशलाल तामाङको ‘इन्द्रावती मोडेल’ र ‘त्यागको राजनीति’ (अमेरिका छाडेर गाउँ फर्केको छवि) ले मतदातामा बलियो प्रभाव पारेको देखिन्छ। सिन्धुपाल्चोक–२ ले यसपटक ‘अनुभव’ रोज्छ कि ‘नतिजा’, त्यो फागुन २१ ले नै बताउनेछ।

Leave a Reply