पाँचपोखरी थाङपाल गाँउपालिका स्तरिय छैठौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजबाट- शुरू भएको छ । श्री थाङपालधाप मा.वि.को प्राङ्गणमा आयोजित कार्यक्रमको उद्घाटन पालिका अध्यक्ष टासी लामाले गर्नुभएको थियो ।
आज पहिलो दिन ४ स्वर्ण पदकको छिनोफानो भएको छ ।
प्रतियोगितामा पालिकाका १० माध्यमिक विद्यालयले सहभागीता जनाएका छ्न कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष लामाले खेलकुदले नाम, सामाजिक प्रतिस्ठा र स्वस्थ रहन सहयोग पुग्ने बताउनुभयो ।
सामाजिक विकाश शाखा संयोजक काले गोलेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुइँकेल, पालिका प्रबक्ता एवम वडा नं ६ का अध्यक्ष नारायण भट्टराई , वडा अध्यक्षहरु सुके तामाङ , बाबुलाल स्याङबो, बिष्णुबहादुर खडका लगायतको उपस्तिथि रहेको थियो । आज पहिलो दिन बिभिन्न खेल सम्पन्न भएका छन ।
