एसईईमा मेलम्चीका ७४ प्रतिशत भन्दा बढी विद्यार्थी उत्तीर्ण

* # पालीका खबर शिक्षा समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
माध्यमिक शिक्षा परीक्षा एसइइमा मेलम्ची नगरपालिकाका ७४ दशमलव १४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। माध्यमिक शिक्षा परीक्षा एसइइ २०८१ मा नगरपालिकाभित्र रहेका २३ माध्यमिक विद्यालयहरूका ५२६ विद्यार्थी एसइइ परीक्षामा सहभागी भएकोमा ३९० जना विद्यार्थी ग्रेडेड भएका छन् ।

जसमा दुईवटा माध्यमिक विद्यालयका विद्यार्थीहरू शतप्रतिशत उत्तीर्ण भएको विवरण नगरपालिकाले सार्वजनिक गरेको छ। शत प्रतिशत विद्यार्थी उत्तीर्ण हुने सामुदायिक एक र एक निजी विद्यालय रहेका छन्।

मेलम्ची १० मा रहेको शीतला देवी माध्यमिक विद्यालय र प्रगति अंग्रेजी माध्यमिक विद्यालय मेलम्ची ११ का सबै विद्यार्थी एसइइ परीक्षामा उत्तीर्ण भएका हुन् ।

नगरपालिकाले सार्वजनिक गरेकाे बिवरण अनुसार २३ वटा विद्यालयहरूमध्ये सातवटा विद्यालयको नतिजा ९० प्रतिशत भन्दा माथि रहेको छ भने तीनवटा विद्यालयका ५० प्रतिशत भन्दा कम विद्यार्थीहरू पास भएका छन्।

Leave a Reply