ईन्द्रावति ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य


ईन्द्रावति गाँउपालिका वडा नम्बर ९ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । श्रीकृष्ण गुठि समिति र युथ फर नेशनल द्वारा निशुल्क स्वास्थ्य शिविर गरीएको हो ।


शिविरमा विभिन्न किसिमका रोगहरुका चेकजाँच गर्नुका साथै औषधी पनि वितरण गरीएको थियो । वडाभरीका नागरीकका साथै अन्य वडाहरुका नागरीकले पनि शिविरमा सेवा लिएका थिए । नेपालि कांग्रेस महाधिवेशन प्रतिनिधि उध्दव बानियाँको पहल र समन्वय कार्यक्रम भएको हो । क्षेत्र नम्बर २ का ४९ वटै वडाका ग्रामिण भेगहरुमा शिविर सञ्चालन गर्ने पनि बानियाँले जानकारी दिनुभयो । उपचार सम्भव नभएकाहरूलाई अरू अस्पतालमा लगेर उपचार गराउने पनि उहाँले जानकारी दिनुभयो ।


त्रिवि शिक्षण अस्पताल र सिभिल अस्पतालका स्वास्थ्यकर्मीहरुले शिविरमा सेवा दिएका हुन् । साथै शिविरमा नेपालि काँग्रेसका महासमिति सदस्य तथा हेल्पिङ ह्याण्डस अस्पतालका सञ्चालक राजेन्द्र बहादुर गोर्खालिले चस्मा पनि वितरण गर्नुभएको थियो । गाँउ बस्तिमा यसरी नागरीकको सेव गर्न पाँउदा खुसि लागेको बताउनुभयो ।


कार्यक्रममा प्रमुख अतिथि नेपालि काँग्रेस जिल्ला कार्यसमिति सभापति जँग बहादुर लामा, वडा अध्यक्ष बाबुराम लामा, नेपालि कांग्रेस सिन्धुपाल्चोकका प्रवक्ता नवराज भट्टराई, समन्वयकर्ता आषिश डाँगि, सजिना श्रेष्ठ, मदनराज गिरी, प्रविण ठकुरी लगाएतको उपस्थिति रहेको थियो ।

गाँउगाँउसम्म आएर नागरीकलाई सेवा दीएकोमा वडा अध्यक्ष बाबुराम लामाले स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुका साथै आगामि दिनमा वडाले गर्नुपर्ने समन्वय र सहयोग निरन्तर रहने उहाँले बताउनुभएको छ । यस्तै आयोजक समितिका संयोजक छत्रलाल श्रेष्ठले पनि सबैमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

Leave a Reply