गौराती पूर्णिमाको अवसरमा क्यौरानीमा भव्य सांस्कृतिक कार्यक्रम हुने

* # समाचार समाज सिन्धुपाल्चोक

क्यौरानी । गौराती पूर्णिमाको अवसरमा मेलम्ची नगरपालिका–८, क्यौरानीमा विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ । क्यौरानी युवा समाजको आयोजनामा हुने उक्त कार्यक्रम कात्तिक १९ गते दिउँसो २ बजेबाट गौराती भिमसेन मन्दिर परिसरमा सुरु हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा राष्ट्रिय स्तरका चर्चित कलाकारहरूले विशेष प्रस्तुति दिने भएका छन् । गायक भिमसेन खतिवडा, गायिका स्मृति गौतम, गायक योगेश लामा र गायिका रेखा लामा रहेका छन् ।

सांस्कृतिक कार्यक्रममार्फत नृत्य, गायन तथा विविध सांस्कृतिक प्रस्तुति प्रदर्शन गरिनेछ । मनोरञ्जनसँगै संस्कृति र एकताको साझा मञ्चका रूपमा कार्यक्रमलाई प्रस्तुत गरिने आयोजकले जनाएको छ । आयोजक ब्यौहोरानी युवा समाजले सबैलाई उक्त कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक अनुरोध गरेको छ ।

Leave a Reply