मेलम्ची युवा समूहको पहलमा प्रयोगविहीन पोलहरू हटाउँदै इन्टरनेट सेवा प्रदायकद्वारा तार व्यवस्थापन सुरु

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । मेलम्चीमा पछिल्ला दिनहरूमा मेलम्ची युवा समूहको पहलपछि बजार क्षेत्रका विभिन्न स्थानमा रहेका प्रयोगविहीन तथा धराप (जोखिमपूर्ण) पोलहरूबाट इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आफ्ना तारहरू व्यवस्थित गर्न सुरु गरेका छन्।

स्थानीय बासिन्दा र व्यवसायीहरूको गुनासोपछि मेलम्ची युवा समूहले नेपाल विद्युत प्राधिकरणसँग समन्वय गर्दै बजार क्षेत्रका अव्यवस्थित पोल र तार व्यवस्थापनमा सरोकारवालाको ध्यानाकर्षण गराएको थियो।

यसै क्रममा, इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले अनावश्यक पोलहरूबाट तार हटाउने र पुराना पोलमा सुरक्षित रूपमा नयाँ तार जडान गर्ने काम थालेका छन्।

मेलम्ची युवा समूहका प्रतिनिधिहरूका अनुसार, यो पहलले बजार क्षेत्रको सौन्दर्य र सुरक्षामा सुधार ल्याउने अपेक्षा गरिएको छ। समूहले यस अभियानलाई निरन्तरता दिँदै अन्य अव्यवस्थित तार तथा पोल व्यवस्थापनमा पनि सक्रिय रहने जनाएको छ।

Leave a Reply