रबिन दनुवार, सिपाघाट ।
इन्द्रावती गाउपालिकाले आँखा शल्यक्रिया गरेको बिरामीहरुलाई नगद सहित कम्बल प्रदान गरेको छ । बिरामीहरुलाई पालिका अध्यक्ष झम्क नेपालले दुई हजार पोषण भत्ता सहित एक एक ओटा कम्बल वितरण गरेको हो ।
आइतबार देखि इन्द्रावती सामुदायिक सेवा केन्द्र सिपाघाटमा नि शुल्क आँखा शल्यक्रिया शिविर सञ्चालनमा आएको हो । शिविर तिलगंगा आँखा प्रतिष्ठान, इन्द्रावती गाउपलिका, मण्डनदेउपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटी सिपाघाट उपशाखाको आयोजनामा सञ्चालन गरिएको हो ।
बिरामीहरुलाई नगद तथा कम्बल बितरण गर्दै पालिका अध्यक्ष नेपालले जेष्ठ नागरिक स्वास्थ सेवा घर दैलो कार्यक्रम चलाउनुका साथै सुगर प्रेसरका रोगीहरुको लागि पालिकाले औषधिको व्यवस्थापन गरेको नेपालले बताउनुभयो ।
निर्वाचनको बेला गरेका प्रतिबद्धताहरु क्रमिक रुपले पूरा गर्दै गरेको अध्यक्ष नेपालले बताउनुभयो । जनताको निम्ति पुरा गर्नु पर्ने दायित्व र जिम्मेवारी आफुले यसरी नैपूरा गर्दै जाने अध्यक्ष नेपालले बताउनुभयो ।
शिविरमा जम्मा ३९ बिरामीको शल्यक्रिया भएकोमा २१ जना इन्द्रावती गाउपालिकाको रहेको पालिका स्वास्थ शाखा प्रमुख परशुराम श्रेष्ठले जानकारी दिनुभयो।
पालिका भित्रका २१ जना बिरामीहरुलाई पालिका अध्यक्षले प्रति व्यक्ति दुई हजार सहित कम्मल वितरण गरेको श्रेष्ठले बताउनुभयो । शिविर भोलि पनि सञ्चालनहुने भएकोले पालिका भित्रका बिरामीहरुलाई उपचार गर्न आउन श्रेष्ठले अनुरोध समेत गर्नुभयो ।