सिन्धुकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगरपालिका वडा नम्बर ५ को सभापतिमा दीपक आले मगर पुन चयन हुनुभएको छ।
शनिबार सिन्धुकोटमा सम्पन्न प्रथम वडा अधिवेशन बाट आले मगरसहित सात सदस्य कार्यसमिति चयन भएको हो।
नवागठित समितिको उपसभापतिमा रामे लामा, सचिवमा कुमार बहादुर चौलागाई र सदस्यहरूमा निर्मला तामाङ, सरिता परियार, नकुल बहादुर चौलागाई तथा वीरबहादुर रोक्का चयन हुनुभएको सभापति दीपक आले मगरले जानकारी दिनुभयो ।