राप्रपा मेलम्ची–११ मा राम बहादुर तामाङसहित १५ सदस्यीय टिम निर्विरोध निर्वाचित

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
मेलम्ची नगरपालिका–११ मा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को वडा अधिवेशनबाट रामबहादुर तामाङसहित १५ सदस्यीय टिम निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरूमा कुमार दुलाल, निर्मला सापकोटा, गणेश पुरी, उदय घले, जयनारायण दुलाल, हरिप्रसाद पाण्डे, नीलकण्ठ दुलाल, वीर बहादुर सार्की, रामचन्द्र श्रेष्ठ, राधिका दुलाल, बोल बहादुर तामाङ, रामबहादुर सापकोटा, मङ्गले तामाङ र गजेन्द्र प्रसाद श्रेष्ठ रहनुभएको छ ।

निर्वाचित कार्यसमितिलाई केन्द्रिय सदस्य जयप्रकाश गुरागाई, प्रदेश सांसद एवम क्षेत्रीय अध्यक्ष कुमारी तामाङ, मेलम्ची अध्यक्ष रामशरण महरा, शेषबहादुर तामाङ लगायतले शुभकामना व्यक्त गर्दै सफल कार्यकालको कामना गर्नुभयो ।

कार्यक्रम हर्षोल्लासका साथ सम्पन्न भएको बताइएको छ । उपस्थित नेताहरुले यसलाई मेलम्चीको लागि आशा लाग्दो र उत्साहजनक कदमको रूपमा लिएका छन् ।

Leave a Reply