जिल्ला अदालत सिन्धुपाल्चोकले २२ औँ निजामती सेवा दिवस मनायो, ५ जना कर्मचारीलाई नगदसहित सम्मान

* # समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्ला अदालतले २२ औँ निजामती सेवा दिवस २०८२ भव्य रूपमा मनाएको छ । “व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन” भन्ने नाराका साथ आयोजित कार्यक्रममा सेवा ग्रहण तथा कर्मचारीहरूलाई सहज बनाउन विभिन्न गतिविधि गरिएको थियो। कार्यक्रममा जिल्ला न्यायाधीश, न्यायालयका अधिकृतहरू, विभिन्न कार्यालयका कर्मचारी, प्रहरी र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अवसरमा अदालतमा उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीहरुमध्येबाट नायव सुब्बा हरिप्रसाद अधिकारी, सूचना प्रविधि सहायक उमेश वस्नेत, तामेलदार विदुर नेपाल, डिठ्ठा तिलकबहादुर देउवा र कार्यालय सहयोगी रमेश नेपाल गरी ५ जना कर्मचारीहरुलाई नगद र प्रमाण पत्र सहित सम्मान गरिएको थियो ।

कर्मचारीले गर्नु पर्ने कर्तव्य तथा पालना गर्नु पर्ने आचरणका सम्बन्धमा श्रेस्तेदार प्रेम प्रसाद पौडेलले प्रकाश पार्नुभएको थियो । निजामती सेवा दिवसको औचित्य र बदलिँदो अवस्थामा निजामती कर्मचारीले बहन गर्नु पर्ने भूमिकाका सम्बन्धमा धारणा राख्दै जिल्ला न्यायाधीश रिता कुमारी बख्रेलले कर्मचारीहरुलाई इमान्दार, सक्षम र सेवाग्राही मैत्री भएर कार्यसम्पादन गर्न प्रोत्साहित गर्नुभएको कार्यक्रममा अदालतका कर्मचारी तथा सेवाग्राहीहरुको समेत उल्लेख्य सहभागिता थियो ।

Leave a Reply