ज्यामिरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी मेलम्ची नगरपालिका ९ को सभापतिमा धनबहादुर बस्नेत चयन हुनुभएको छ।
शुक्रबार सम्पन्न भेलाले उपसभापतिमा शेषबहादुर खाती सचिवमा पशुपति बिष्ट चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरूमा बुद्धिमान तामाङ, नजरबहादुर तामाङ, रिता गिरी, सलिना पुरी, साजन पुरी, वीरेन्द्र तामाङ, इन्द्र बहादुर मिजार र रामहरी खड्का सहित ११ सदस्य समिति गठन गरिएको हो।
पार्टीले सिन्धुपाल्चोकका विभिन्न वडाहरूमा समिति गठन गरिरहेको छ। आज शनिबार मेलम्ची नगरपालिका ५ मा प्रथम अधिवेशन रहेको वडा नम्बर ५ का सभापति दिपक आले मगरले जानकारी दिनुभयो ।