सिपापाेखरे ।
ईन्द्रावती गाउँपालिका स्तरीय अन्तर विद्यालय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ ।
राजेश्वरी माध्यामिक विद्यालयको ६३ औं बार्षिक उत्सवको अवसरमा आयोजना गरिएको प्रतियोगिताको ईन्द्रावती गाउँपालिका वडा नं ७ का अध्यक्ष तथा ईन्द्रावती गाउँपालिका सामाजिक विकास समितिका संयोजक रबिन्द्र कुमार खातीले आज उद्घाटन गर्नुभएको हो ।
सहिद स्मृति कभर्ड हलमा सुरु भएको प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ । वार्षिकोत्सवको अवसरमा यो सँगै साबिक सिपापाखपरे गाबिस स्तरीय अन्तर बिद्यालय आधारभूत तहको अंगैजी हिज्जे प्रतियोगिता र अन्तर सदनात्मक सामुहिक नृत्य प्रतियोगिता पनि आयोजना गरिने बिध्यालयका प्रधानाध्यापक सुदर्शन पराजुलीजे जानकारी दिनुभयो ।
बिद्यालयको बार्षिकोत्सव मुल समारोह भने भदौ १९ गते बागमती प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार मन्त्री युवराज दुलालको प्रमुख आतिथ्यता तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको बिशेष आतिथ्यतामा हुने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बासुदेव अधिकारीले जानकारी दिनुभयो ।
उक्त दिन शहिद स्र्मती कवर्ड हलको पनि पूर्व मन्त्री दुलालद्वारा औपचारिक उद्घाटन हुने वडा अध्यक्ष रबिन्द्र कुमार खातीले जानकारी दिनुभयो ।

