मेलम्ची । सिन्धुपाल्चोकमा निर्माण अघि बढेको २३.६ मेगावाटको सुपर मेलम्ची जलविद्युत् आयोजनामा लगानी जुटेको छ । मिलारेपा इनर्जी प्रालिले अघि बढाएको जलविद्युत् आयोजनामा प्रभु बैंक लिमिटेडको अगुवाई ऋण लगानी हुने गरी वित्तीय व्यवस्थापन सम्झौता समेत सम्पन्न भइसकेको हो ।
आयोजनामा प्रभु बैंकको अगुवाईमा सदस्य बैंकको रुपमा कृषि विकास बैंक, माछापुच्छ्रे बैंक र सांग्रीला विकास बैंकले लगानी गर्नेगरी सम्झौता सम्पन्न भइसकेको छ ।
अहिले आयोजनाको निर्माण पूर्वको काम भइरहेको छ । कम्पनीले विद्युत् विकास विभागबाट २०७८ साल भदौ २१ गते उत्पादन अनुमति पाएको थियो ।