मेलम्ची -७ दुवाचाैरमा तिज बिशेष कार्यक्रम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

दुवाचाैर ।

मेलम्ची नगरपालिका वडा नम्बर ७ द्वारा आयोजित हरितालिका तिज विशेष खुल्ला माध्यामिक स्तरिय तथा वडा नम्बर ७ स्तरिय महिला गायन प्रतियोगिता एवम विविध साँस्कृतिक कार्यक्रम मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानको प्रमुख आथिथ्यतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम मेलम्ची नगरपालिका का उप प्रमुख उमा प्रधानले आज यहाँ आयोजना भएको महिला गायन प्रतियोगिताले महिला प्रतिभालाई अगाडि ल्याउनेमा आफू बिश्वस्त रहेको बताउनुभयो । उहाँले युवापुस्तालाई मौलिक संस्कृति र लोक परम्परामा जोड्दै माध्यमिक तहका विद्यार्थीलाई पनि खुल्ला प्रतिस्पर्धाको अवसर दिलाएर आगामी पुस्तामा सांगीतिक चेतना जगाउने यस कार्यक्रमले गरेको प्रयास प्रशंसनीय रहेको बताउनुभयो ।

उहाँले आजको कार्यक्रम विशेष गरी विद्यार्थी र महिलामुखी भएकाले यसको महत्त्व झनै बढेको बताउनुभयो । विद्यार्थीहरूले यस किसिमका गायन प्रतियोगिताबाट आफ्नो कला, प्रतिभा र आत्मविश्वासलाई निखार्ने अवसर पाउनेछन् भने महिलाहरूले आफ्नो क्षमता प्रदर्शन गर्दै समाजमा अझै अग्रसर बन्ने प्रेरणा लिन सक्ने बताउनुभयो ।

यस अवसरमा कार्यक्रमका आयोजक वडा नं. ७ लाई धन्यवाद दिँदै प्रतियोगितामा सहभागी सबै महिलालाई सफलताको शुभकामना ब्यक्तगर्नुभयो । प्रतियोगिता केवल जित्ने वा हार्ने कुरा मात्र नभई, आफ्नो प्रतिभा देखाउने अवसर हो भन्ने कुरा सबैले बुझ्नुपर्ने बताउँनुभयो । उहाँले यस किसिमका कार्यक्रमहरूले संस्कृतिको संरक्षण, सामाजिक सद्भाव, महिला सशक्तिकरण र युवा पुस्तामा सिर्जनशीलता बढाउन मद्दत गर्नेछ भन्नेमा आफू पूर्ण विश्वस्त रहेको बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथी एवम वडा नम्बर ७ का पुर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले तिज पर्व हाम्रो समाजमा महिलाको अधिकार, आत्मसम्मान र परम्परागत संस्कृतिको पहिचानसँग जोडिएको महत्त्वपूर्ण चाड रहेको बताउनुभयो । उहाँले यस दिन महिलाहरूले आफ्नो खुशी, पीडा, आकांक्षा र सपना गीतमार्फत व्यक्त गर्दै आउनुभएको बताउँदै यसै किसिमका सांस्कृतिक कार्यक्रमहरूले हाम्रो मौलिक संस्कृतिलाई संरक्षण मात्र गर्दैनन्, नयाँ पुस्तामा परम्परा हस्तान्तरण गर्ने बताउनुभयो ।

वडास्तरमै सुरु गरिएको यस्तो सराहनीय कार्यले हाम्रो वडा ७ को शैक्षिक, सांस्कृतिक र सामाजिक क्षेत्रमा नयाँ उचाइ थप्नेछ भन्ने मेरो विश्वास व्यक्त गर्नुभयो ।

उहाँले प्रतियोगितामा सहभागी सबैजना विजयी हुनुहुन्छ, तर मूल्यांकनको आधारमा केहीलाई मात्र पुरस्कृत गरिनेहुँदा त्यसैले नतिजालाई भन्दा पनि सहभागितालाई नै ठूलो उपलब्धि मान्दै हाम्रो संस्कृतिको संरक्षण, महिला सशक्तिकरण र नयाँ पुस्ताको प्रतिभा प्रोत्साहन गर्ने यस्तो कार्यक्रम भविष्यमा पनि निरन्तर रहोस् भनि शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवम मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङले तिज पर्व संस्कृति, परम्परा र महिलाको आत्मीयता झल्काउने महत्त्वपूर्ण पर्व रहेको बताउनुभयो । उहाँले महिला दिदीबहिनीलाई मात्र होइन समाजलाई आपसी प्रेम, ऐक्यबद्धता र संस्कृतिप्रति गर्व गर्न प्रेरित गर्ने बताउनुभयो ।

आजको प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रममार्फत प्रतिभाशाली दिदीबहिनी र विद्यार्थीहरुले आफ्नो कला–संस्कृति प्रस्तुत गर्ने अवसर पाउनुभयो यसले हाम्रो गाउँ, वडा र नगरको गौरव बढाउनुका साथै भविष्यमा अझ सक्षम प्रतिभा उजागर गर्ने विश्वास लिएको उहाँले बिश्वास रहेको छ ।

कार्यक्रममा मावि स्तरिय मेलम्ची नगरपालिका र हेलम्बु गाउँपलिका भित्रका ३ वटा विद्यालय सहभागिता रहेको थियो । मेलम्ची नगरपालिका वडा नम्बर ७ भित्रका ५ वटा आमा समुहको सहभागिता रहेको मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा सचिव रुपकराज पाध्यायले जानकारी दिनुभयो ।

माध्यामिक विद्यालय स्तरिय बाट क्रमश जलवाइ देवि माध्यमिक विद्यालय मेलम्ची ८ क्यौरानी पहिलाे बाल सुधार माध्यमिक विद्यालय मेलम्ची ७ दुवाचौर दोश्रो र पाल्चोक माध्यामिक विद्यालय हेलम्बु ३ पाल्चोक तेस्राे हुन सफल भएको छ ।


त्यस्तै आमा समूह बाट बुजन देवि आमा समूह प्रथम ठुलोचौर आमा समूह द्वितीय श्री सुन्दरी देवि आमा समूह तृतिय र गोल्मेस्वरी आमा समुहलले सान्त्वना हुन सफल भएको वडा सचिव पाध्यायले जानकारी दिनुभयो ।

Leave a Reply