रेडियो मिसन ।
इन्द्रावती समृद्धिको आधार शिक्षा कृषि स्वास्थ्य पर्यटन र पूर्वाधार भन्ने नारा सहित अघि बढेको इन्द्रागती गाउँपालिकाले पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षभित्र पालिकाभित्रका सबै मुख्य सडकहरूमा कालोपत्रे कार्य अघि बढाएको छ । यसै क्रममा वडा नम्बर ७ को ढुमिन डाँडा–देउराली सडक कालोपत्रे कार्य सुरु भएको छ।
सडकको निवर्तमान भौतिक पुर्वधार विकास मन्त्री माननीय युवराज दुलाल, वडा अध्यक्ष रविन्द्र कुमार खाती साथै प्राविधिक लगायत स्थानियहरुकाे टाेलीले स्थलगत अनुगमन गरिएकाे छ । अनुगमनका क्रममा पूर्व मन्त्री दुलालले कामको गुणस्तरीयतामा ध्यान दिन र समयमै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत दिनुभएको छ ।



