सिम्रिक एयरद्धारा सिन्धुपाल्चोकको ईन्द्रावती ७ मा विद्यालय पोशाक तथा कफीको बिरुवा वितरण

विविध

सिपापोखरे, सिन्धुपाल्चोक


सिन्धुपाल्चाेक जिल्लाकाे ईन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेको सानो संसार विद्यालयमा सिम्रिक एयरले विद्यालय पोशाक सहयोग गरेको छ । साथै समुदाय स्तरमा कफीको विरुवा समेत वितरण गरीएको छ ।


सिम्रिक एयरले सामाजिक उत्तरदायीत्व अन्तरगत सिन्धु उत्थान केन्द्रसंगको सहकार्यमा सो सहयोग गरेको हो । सानो संसार विद्यालयका जेहेन्दार विद्यार्थीहरुका लागी स्टेसनरी तथा पोशाक वितरण गरीएको हो ।


सिम्रिक एयरका म्यानेजिङ डिरेक्टर सिद्धार्थजंग गुरुङले आगामि दिनमा पनि समुदाय स्तरमा यस्ता खाले कार्यक्रम जोड्दै जाने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै सिन्धु उत्थान केन्द्र संग समन्वय गरेर काम गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा सिम्रिक एयरका प्रतिनिधीहरु, सिन्धु उत्थान केन्द्रका पदाधीकारीहरु, विद्यालयका शिक्षक, विद्यार्थी लगाएत स्थानियको सहभागिता रहेको थियो ।

समुदायस्तरमा कफी खेती प्रर्वद्धन गर्नका लागी करीव २०० भन्दा बढी स्थानियलाई कफीको बिरुवा वितरण गरीएको होे । आगामि दिनमा पनि यस्ता खाले कार्यक्रमहरु समुदायमाझ ल्याउने संस्थाका प्रतिनिधीले जानकारी दिएका छन् ।

Leave a Reply