नवलपुर ।
माध्यमिक शिक्षा परीक्षा एसईईमा इन्द्रावती गाउँपालिकाका ६३ दशमलव ६४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा पालिकाभित्र रहेका १२ माध्यमिक विद्यालयहरूका २६४ विद्यार्थीहरु परीक्षामा सहभागी भएकोमा १६८ जना विद्यार्थी ग्रेडेड भएका छन् ।
गाउँपालिकाभित्रका दुईवटा विद्यालयका ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण हुँदा दुई विद्यालयको नतिजा भने ५० प्रतिशत भन्दा कम र एक विद्यालयकाे परिक्षा स्थगित भएको छ।
जसमा सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण दर भएको विद्यालय वडा नम्बर ६ मा रहेको कमलादेवी माध्यमिक विद्यालय रहेको छ। वडा नम्बर ५ मा रहेको ऐसेलुखर्क माध्यमिक विद्यालय दोस्रोमा परेको छ। यी बिद्यालयका क्रमशः ९२.३१ र ९१.६७ प्रतिशत बिद्यार्थी उतिर्ण भएका छन् ।
गाउँपालिकाले सार्वजनिक गरेको बिवरण अनुसार बाँकी विद्यालयहरूका विद्यार्थीहरूको नतिजा भने ५० प्रतिशत भन्दा माथि रहेको छ ।
