हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि तिन दिने अभिमुखिकरण ज्यामिरेमा सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

मेलम्ची ।
बहुक्षेत्रिय पोषण योजना अन्तर्गत सुनौला हजार दिनका आमाहरूलाई पोषण तथा जीविकोपार्जनका लागि ३ दिने अभिमुखिकरण कार्यक्रम मेलम्ची – ९ ज्यामिरेमा सुरु भएको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख उमा प्रधानले बालबालिका हाम्रो भविष्यका कर्णधार भएकाले बालबालिकामा लगानी गर्न मेलम्ची नगरपालिका सधै प्रतिवद्द रहेकोले आफ्ना बालबालिकाहरूलाई सुनौलो १००० दिनको समयमा उचित स्याहार गर्दै यस् पालिकाबाट जीविकोपार्जनका लागि दिईने अनुदानको सदुपयोग गरि आर्थिक रूपमा अब्बल बन्न अनुरोध गर्नुभएको छ । तिन दिने अभिमुखिकरणमा २५ जना सहभागी रहेको पोषण सहजकर्ता सरिता डोटेलले जानकारी दिनुभयो । सहभागीलाई जिविकोपार्जनको लागि आर्थिक सहयोग गरिने बताइएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिका उपप्रमुख प्रधान,प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल,वडा अध्यक्ष किरणदिप खडका, रोजगार संयोजक रन्जन श्रेष्ठ,वडा सचिवहरु प्रसान्त हमाल, बिष्णुप्रसाद गौतम वडाका स्वास्थ चौकी प्रमुख रोशनी नेउपाने
लगायत सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply