मेलम्चीमा प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराईको स्वागत

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
मेलम्ची नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतमा अशोक कुमार भट्टराई आउनु भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अशोक कुमार भट्टराईलाई मेलम्चीमा नयाँ प्रशासकीय प्रमुखको रुपमा पठाएको हो । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले मेलम्ची छाडेपश्चात बिभिन्न योजना सम्झौताका साथै योजनाहरूको भुक्तानी लगायतको काम हुन सकेको थिएन । मिश्र गएपश्चात लेखा अधिकृत मुरारी पुडासैनीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो ।

नगरपालिकाका प्रमुख आइतमान तामाङले प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार भट्टराईलाई नगरपालिकामा स्वागत गर्दै अब कार्यालयको काम कारवाही चुस्त गतिमा अघि बढ्ने बताउनुभयो ।

नगर प्रमुख तामाङको अध्यक्षतामा भएको उक्त स्वागत कार्यक्रममा उपप्रमुख उमा प्रधान, वडा नं. ११ का वडाध्यक्ष चन्द्र बहादुर तामाङ, वडा नं. ७ का वडाध्यक्ष पासाङ तामाङ, वडा नं. ३ का वडाध्यक्ष कुमार बन्जरा र वडा नं. ६ का वडाध्यक्ष प्रेम बहादुर तामाङ सहित विषयगत शाखाका प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सो अबसरमा अधिकृत भट्टराईले स्थानीय सरकारको निती निर्देशन र ऐन नियमनुसार हुने कामहरुमा कुनै पनी सेवाग्रहीलाई छिटो र छरितो तरिकाले सेवा दिन आफु लागी पर्ने बताउँनु भयो ।

Leave a Reply