काठमाडाैँ : मेलम्ची नगरपालिका सिन्धुपाल्चोक जिल्ला स्तरीय पाँचपोखरी टि-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
टियु क्रिकेट मैदानमा किर्तिपुरमा आज भएको दोस्रो सेमीफाइनल मा द माइटी साँगाचोक क्लबलाई सुपर ओभरमा २ रनले पराजित गर्दै मेलम्चीले फाइनलमा स्थान बनाएको हो।
सुपर ओभरमा पहिला ब्याटिङ गरेको मेलम्चीले १३ रन बनाएपछि १४ रनको विजय लक्ष्य पछाएको माइटी साँगाचोकले ११ रन मात्र बनाउन सक्यो ।
वर्षाका कारण १० ओभरमा झारेर खेलाइएको खेलमा पहिले ब्याटिङ गरेको द माइटी साँगाचोक क्लबले आठ विकेटको क्षतिमा ८१ रन बनाएपछि ८२ रनको विजय लक्ष्य पछ्याउने क्रममा मेलम्ची नगरपालिकाले पाँच विकेटको क्षतिमा ८१ रन नै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो।
अब मेलम्चीले उपाधिका लागि भोलि पाँचपोखरी क्रिकेट क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। यस प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।