त्रिपुरासुन्दरी गाउँपालिका पूर्ण खोप तथा दिगोपनाको घोषणा

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, जेठ २९ — सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाको ६ वटै वडा तथा पालिका लाई पूर्ण खोप तथा दिगोपनाको रूपमा घोषणा गरिएको छ।

गाउँपालिका अध्यक्ष भक्तध्वज बोहोराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गीता कुमारी नेपाल, वडा अध्यक्षहरू, जिल्ला खोप कार्यक्रमका फोकल पर्सन पवन भाट, स्वास्थ्य शाखा प्रमुख चन्द्रनारायण शाह, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र गाउँपालिकाका कर्मचारीहरूको उपस्थित रहेको थियो।

स्वास्थ्य शाखा प्रमुख शाहले पालिकाभित्र १५ महिनामुनिका सम्पूर्ण बालबालिकाले नियमित खोप प्राप्त गरिसकेको जानकारी दिनुभयो। खोप कार्यक्रमको दिगोपनाका लागि स्थानीय तह, स्वास्थ्य संस्थाहरू र समुदायको सहकार्यमा विभिन्न पहलहरू अघि बढाइने बताउनुभयो।

अध्यक्ष भक्तध्वज बोहोराले कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण पक्षलाई धन्यवाद दिँदै, स्वास्थ्य क्षेत्रमा अझ प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपाध्यक्ष गीता कुमारी नेपालले पनि पूर्ण खोप कार्यक्रम पालिकाको साझा सफलता भएको भन्दै सबैमा आभार व्यक्त गर्नुभयो।

Leave a Reply