वसन्तपुरमा आज देखि श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरू

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका वडा नम्बर ६ वसन्तपुरमा आज देखि श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरू भएको छ ।

नेपाल सरकारका पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले महायज्ञको उद्घाटन गर्नुभएको हो । यही पुस १६ गतेदेखि २३ गतेसम्म महायज्ञ सञ्चालन हुनेछ ।


महायज्ञमा विद्वान् पण्डितहरूद्वारा पुराण, पाठपारायण, वेद, सप्तसती, लघुरुद्राभिषेक र हवन गरिनेछ । गौखुरेश्वर फलाँटेश्वर गडगडेधाम विकास उपभोक्ता समितिको आयोजनामा महायज्ञ हुन लागेको हो । महायज्ञमा विभिन्न पण्डितहरूले कथा वाचन गर्नेछन् ।


महायज्ञका प्रमुख अतिथि पुर्व स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले एक हप्ता भित्रमा मन्दिरमा ठुलो घण्ट राखिदिने प्रतिवद्वता व्यक्त गर्नुभयो । ४० किलोको घण्ट राखिदिने उहाँको भनाई छ । अगामी आर्थीक बर्ष भित्रमा सरकारी रकम करोड भन्दा बढी यस ठाउँमा बिनियोजन गरिदिने प्रतिवद्वता समेत व्यक्त गर्नुभयो ।


महायज्ञका विशिष्ट अतिथि पुर्व गृहराज्य मन्त्री बिष्णु बिक्रम थापाले महायज्ञमा नगद र जिन्सी गरि ९ लाख रूपैयाँ दान दिनुभएको छ । भाई सम्भुबिक्रम थापा र बिष्णु बिक्रम थापाबाट सो सहयोग प्राप्त भएको हो । आफु रहुन्जेल यस गाउँको लागि सधै सहयोग रहने स्मरण गर्दै थापाले सबै धर्मलाई संरक्षण गर्न सबैलाई आग्रह गर्नुभयो ।


बागमती प्रदेशका पुर्व बन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले ईन्द्रावती पुण्य भुमि भएको बताउनुभयो । समितिले धर्मको पहिचान गरेर धार्मिक पर्यटन बढाउन लागेकोमा खुसी लागेको बताउनुभयो । समितिलाई बागमती प्रदेशबाट सहयोग रहने उहाँको भनाई छ । भण्डारीले सप्ताहमा ५१ हजार दान दिनुभएको छ ।


ईन्द्रावती ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले यस क्षेत्र पर्यटकिय, धार्मिक लगायतको अपार सम्भावना बोकेको क्षेत्र भएको जानकारी दिनुभयो । यश ठाउँको बिकास र नियमित पाठ पुजा गर्न पनि यो महायक्षको आयोजना गरिएको उहाँको भनाई थियो । “यसलाई सफल पार्न ईन्द्रावतीका नागरिकले प्राथमिकता दिनुपर्छ, दान गर्नुपर्छ“, अध्यक्ष आचार्यले भन्नुभयो ।


औपचारिक कार्यक्रमको सभाध्यक्षता समितिका अध्यक्ष रामकृष्ण आचार्यले गर्नुभएको थियो । श्रद्वालुबाट आएको दान दातव्यको सदुपयोग गर्दै अक्षयकोष स्थापना गरि मन्दिरमा नियमित रूपमा यज्ञ अनुष्ठान गर्ने, पुजा अर्चना सहज बनाउने समितिको उदेश्य रहेको छ । यस स्थानलाई पितृ तीर्थको रूपमा बिकास गर्दै धार्मिक ऐतिहासिक र पुरातात्विक गरिमालाई बिकास गर्ने लक्ष्य राखिएको छ ।

गौखुरेश्वरमा गाईले स्वयं दुध चढाएको जनविश्वास रहेको छ । स्थानीय समुदायमा गौखुरेश्वर महादेव साक्षात् शिवजी भएको विश्वास गरिन्छ । गौखुरेश्वर फलाँटेश्वर महादेव धाममा गड्गडाएर सधैँभरि पानीको मूल फुटेको हुँदा गड्गडे भन्ने नामले परिचित यस धाममा मुक्तिनाथको झझल्को आउने स्थानीयको भनाइ छ ।


१०८ गौमुखे ढुंगेधारा, ६४ शिवलिंग, मुक्तिनाथ मन्दिर, पितृ तीर्थ निर्माण गर्ने डिपिआर तयार भइसकेको छ । त्यस कार्यलाई पूर्णता दिन श्रीमदभागवत महायज्ञको आयोजना गरिएको श्रीमदभागवत महापुराण सप्ताह ज्ञान महायज्ञका अध्यक्ष पण्डित रामकृष्ण आचार्यले जानकारी दिए । कथा श्रवण गरी जन्मजन्मको पुन्य भागी बन्न अध्यक्ष आचार्यले सबै भक्तजनमा अनुरोध गरेका छन् ।

Leave a Reply