रेडियो मिसन ।
४४ औँ विश्व पर्यटन दिवसको अवसरमा एक दिवसीय पदयात्रा कार्यक्रम २०८० गरिएको छ । सुन्दरीजलबाट मुलखर्क – हिले – धाप ड्याम प्रकृति रिसोर्ट हुँदै हैबुङमा पुगेर पदयात्रा सम्पन्न गरिएको हो ।
मेलम्ची नगरपालिका र Sotto Nepal को आयोजनामा भएको पदयात्रामा Sotto Nepal का महासचिव दिनेश बस्नेतले कार्यक्रममा स्वागत मन्तब्य राख्दै पर्यावरण जोगाउन तथा पर्यटन ब्यवसायीहरूको लागि तालिम तथा पर्यटन बृद्वि गर्नको लागि यो कार्यक्रम गरिएको बताउँदै पर्यटन प्रवर्द्वनको लागि सँस्थाले हरेक बर्ष विभिन्न गतिविधिहरू गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले नगरभित्र प्रचुर पर्यटकिय संभावना बोकेका ठाउँहरू रहेको बताउँदै पर्यटन प्रवर्द्वनको लागि मेलम्ची नगरपालिकाले आवधिक योजना समेत बनाएको बताउनुभयो । नगरपालिकाका कर्मचारी लगायत जनप्रतिनिधिहरूलाई देशका विभिन्न पर्यटकिय ठाउँको भ्रमण गराएको र त्यसबाट धेरै कुरा सिकेर आएका बताउनुभयो ।
केन्द्र सरकारले मोटरेवल पुल बनाउन वास्ता नगरेपछी नगरपालिका आफैले पुल बनाउन लागेको बताउँदै पुल बनाउन करिब २६ करोड लाग्ने र २ बर्ष भित्रमा बनाउने लक्ष रहेको बताउनुभयो । साथै पर्यटन ब्यबसाय गर्न चहाने नगरबासिहरुको लागी नगरपालिकाले गर्नुपर्ने सहयोगमा कमी नहुने उहाँको भनाई छ । पर्यटन ब्यबसायीहरूलाई नगरका १३ वटै वडाको भ्रमण गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि मेलम्ची नगरपालिका उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकामा धेरै पर्यटकिय क्षेत्रहरू रहेको बताउँदै यसलाई प्रवर्द्वन गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने र यसका लागी सबैसंग सहकार्य गर्न तयार रहेको बताउनुभयो ।
सँस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापती भुवन पाण्डेले पर्यटन प्रवर्द्वन मार्फत स्थानियको रोजगारी सृजना गर्नको लागी समेत संस्थाले भुमीका खेल्ने र पर्यटन प्रवर्द्वन भएमा स्थानियले समेत फाइदा लिन सक्ने उहाँको भनाई छ ।
त्यस्तै प्रकृति रिसोर्टका सञ्चालक सुवाष काजी श्रेष्ठले इको टुरिजमको नीति अनुरूप अघि बढ्ने बताउँदै केही मोडन गर्नपर्छ भनेर यो काम गरेका बताउनुभयो । रिसोर्टमा ९० प्रतिशत कर्मचारी स्थानिय रहेको साथै रिसोर्टमै भैंसी पालन, अर्गानीक तरकारी, फलफुल उत्पादन गरिरहेको र अहिले पनि ५००० बोट स्ट्रवेरी खेती गरिएको जानकारी दिनुभयो ।
नेपाल पर्यटन बोर्डका पुर्व बोर्ड सदस्य तथा नेपाल राष्ट्रिय वरपर्यटन ब्यबसायीक संगठन अध्यक्ष पुर्ण कुँवरले नेपालमा पर्यटन प्रवर्द्वनको लागि काम गरिरहेका बताउँदै बाह्य मात्र नभई आन्तरिक पर्यटन प्रवर्द्वन कसरी गर्ने भनेर काम गरिरहेका उहाँको भनाई छ ।