मेलम्ची नगरपालिका सडक आश्रित बालबालिका मुक्त स्थानिय तह घोषणा

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका सडक आश्रित बालबालिका मुक्त स्थानिय तह घोषणा भएको छ । जिल्ला समन्वय समिति सिन्धुपाल्चोक, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई नगरपालिकाले बोधार्थ गरि सामाजिक बिकास मन्त्रालयलाई पत्र लेखेर नगरपालिकाले उक्त कुरा जानकारी दिएको हो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले नगरपालिका भित्र सडक आश्रित बालबालिका रहे/नरहेको एकिन गरी सडक आश्रित बालबालिका रहेको भए निजहरुको उद्दार तथा पुनस्र्थापनाको लागी बैशाख मसान्त भित्र सडक आश्रित बालबालिका मुक्त स्थानीय तह घोषणा गरी जानकारी गराउनको लागि गरिएको परिपत्र अनुसार सबै वडा कार्यालयहरुबाट वडा क्षेत्र भित्र सडक आश्रित बालबालिका नरहेको जानकारी आएकोले यसलाई कार्यपालिका बैठकबाट निणर्य गरिएका मेलम्चीलाई सडक आश्रित बालबालिका मुक्त स्थानिय तह घोषणा गरिएको नगरपालिकाले जनाएको छ ।

Leave a Reply