चाैतारा ।
नेकपा (एमाले) का उपमहासचिव तथा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारको काम थप प्रभावकारि बनाइने बताउनुभएको छ । नेकपा एमाले जुगल गाउँपालिका कमिटीको दोस्रो पालिका अधिवेशनको उद्घाटन समारोहलाई सम्वोधन गदै नेता गुरुङले जनताको काममा सरकार प्रभावकारि रुपमा कार्य गरिरहेको बताउनुभयो । ‘कुनैपनि सरकारी निकायमा पुगेको फाईलको एक सातामा नतिजा आउने सुनिश्चितता दिने छौ’, मन्त्री गुरुङले भन्नुभयो, ‘सरकार नागरिको सेवामा तत्पर छ । समृद्धिको गतिमा छ । नागरिकको प्रतिब्यक्ति आय बृद्धिमा सरकारले काम गरिरहेको छ ।’उहाँले परिवारको सुरक्षा गर्न नसक्ने राजतन्त्रको विषय उठान गर्दै अव नेपालमा राजाले नागरिकर देशको सुरक्षा दिने कुनै संभावना नरहेको बताउनुभयो ।
बुधबार जुगल गाउँपालिकाको ढाँडेमा आयोजित बिशाल सभामा एमाले नेताहरुले सम्वोधन गरेका थिए । एमाले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सरेश नेपालले देश विकास र समृद्धिका लागि एमाले अपरिहार्य रहेको बताउनुभयो । पार्टीको आन्तरिक जीवनलाई सुधार र मजवुद बनाउँदै जानुपर्नेमा जोड दिनुभयो । जनताको सवालमा केन्द्रीत रहने एकमात्र पार्टी एमाले भएको बताउँदै विकास विरोधी र तानाशाही प्रबृत्तीको प्रतिवाद गर्न अनुरोध गर्नुभयो ।
एमाले स्थाई कमिटी सदस्य शेरबहादुर तामाङ, पोलिटब्युरो सदस्य अरुण नेपाल, केन्द्रीय सदस्य सुभाष कर्माचार्य, एमाले नेता अमानसिं तामाङ, एमाले जिल्ला अध्यक्ष होमनारायाण् श्रेष्ठलगायतले कार्यक्रममा सम्वोधन गनुभयो । भब्यताका साथ सुरु भएको जुगल गाउँपालिका कमिटीको बन्दशत्रबाट नयाँ नेतृत्व चयन हुने एमाले जुगलका अध्यक्ष छिरिङ लामाले जानकारि दिनुभयो ।
