ठोकर्पा । सामुदायिक वनको उद्गम स्थल सिन्धुपाल्चोकको ठोकर्पामा सामुदायिक वन राष्ट्रिय दिवस २०८० मनाईएको छ । उत्पादन, रोजगार र समृद्विका लागि सामुदायिक वन व्यवस्थापन भन्ने मुल नारा सहित सुनकोशी गाउँपालिका १ ठोकर्पामा कार्यक्रम गरिएको हो ।

ठोकर्पा सामुदायिक वन : विश्वको पहिलो अभियान आठौँ सामुदायिक वन राष्ट्रिय दिवस २०८० को बागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्काले उद्घाटन गर्नुभएको थियो ।

सामुदायिक वनको अवधारणा ठोकर्पा बाट सुरू भएको हो । अभियान्ता स्व नीलप्रसाद भण्डारी को अगुवाइमा सामुदायिक वनको सुरू भएको वडा नं १ का पुर्व वडा अध्यक्ष नेत्र बहादुर कार्कीले बताउनुभयो ।
२०३० सालमा नेपालको ७५ जिल्लाका पदाधिकारी बसेर छलफल गरि सामुदायिक वनको अवधारणा बनाईएको थियो । २०३१ सालमा स्व नीलप्रसाद भण्डारीले सामुदायिक वनको अवधारणा ठोकर्पामा ल्याउनुभएको थियो । जसका कारण ठोकर्पा सामुदायिक वनको उद्गम स्थल बन्न पुगेको थियो ।

२०३१ सालमा स्व नीलप्रसाद भण्डारीले ठोकर्पामा बिरूवा रोपेर बागभैरव नर्शरी सुरू गर्नुभएको जानकारहरू बताउँछन । पछि नर्शरी हराभरा भएपछि सामुदायिक बन घोषणा गरिएको थियो ।
सामुदायिक वनको जननी भनेर सिन्धुपाल्चोक जिल्ला लाई चिनिने गरेको छ । २०४३ साल पुषमा राजा विरेन्द्रलाई ठोकर्पामा स्व भण्डारीले भित्राउनुभएको थियो । यो सामुदायिक वन ३९ हेक्टरमा फैलिएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै प्रमुख अतिथि वागमती प्रदेश वन तथा वातावरण मन्त्री मसिना खड्का भण्डारीले सामुदायिक वन नेपालको धन भएकाले यसलाई संरक्षण र बिस्तार गर्न सके आर्थीक रूपमा सबल हुन सकिने बताउनुभयो । यसै बर्षबाट ठोकर्पामा वन अध्ययन केन्द्रको सन्चालन हुने उहाँले जानकारी दिनुभयो ।




