बाहुनेपाटीबाट–लाफी–बागखोर–धुसेनी नवलपुर नियमित बस सेवा सञ्चालनमा आउने

* # समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।
बाहुनेपाटीबाट लाफी–पिपलबोट बाँडेगाउँ हुँदै नवलपुरका लागी बस सेवा सञ्चालनमा आउने भएको छ । सिन्धु हेलम्बु यातायात प्रा.लिले असोज ११ गते मङ्गलवारबाट नियमित बस सञ्चालनमा आउने इन्द्रावती गाउँपालिका वडा नम्बर ५ ले सुचनामार्फत जानकारी दिएको छ ।
काठमाडौको नारायणटार बागमती पेट्रोल पम्पबाट प्रत्येक दिन दिउँसो १ बजे बस छुट्ने उक्त बस बाहुनेपाटीमा रहेको पक्कीपुल हुँदै लाफी पिपलबोट–बागखोर–धुसेनीबाट पुनः लाफी–पिपलबोट, नारायणथान–गोल्माथान, लामाटोल–वडा कार्यालयबाट, ऐँसेलुखर्क हुँदै नवलपुरमा बस्ने र अर्को दिन बिहान फर्किने वडा नम्बर ५ का वडा सचिव दिपक अधिकारीले जानकारी दिनुभयो ।
अहिले नवलपुर जाने सिधा बस नारायण्टार र चुच्चेपाटीबाट मेलम्ची हुँदै बस सेवा सञ्चालन भइरहेको छ । अब दशैँ आउँदै गर्दा गाउँको बिच बाटै बस सेवा सुरु हुने भएपछि वडा नम्बर ५ का नागरीक खुशी भएका छन् ।

Leave a Reply