रेडियो मिसन, नवलपुर ।
नेपालीकांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ को आयोजनामा मेलम्ची नगरपालिका वडा नं ९ को पर्यटकिय स्थल गुफाडाँडामा बृहत बनभोज कार्यक्रम गरिएको छ । सिन्धुपाल्चोकका केन्द्रिय स्तर देखि वडा स्तरका नेतालगायत कार्यकर्ताको उपस्थितिमा बनभोज कार्यक्रम गरिएको हो ।

निर्वाचन पछि सबै नेताकार्यकर्ता एकै ठाउँमा बसेर तिता मिठा कुरा भुलेर अघि बढ्न मद्दत पुराउने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं २ का सभापतीतथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभयो । कार्यक्रममा मन्तब्य राख्दै अबको नयाँ यात्रा कसरी तय गर्ने भनेर बनभोज गरिएको उहाँको भनाई छ । अव पार्टिका सबै नेता तथा कार्यकर्ताले पुराना कुराहरु सबै भुलेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो ।
गुफाडाँडालाई पर्यटकिय र रमणिय क्षेत्र बनाउनको लागि १ अर्वभन्दा बढीको डिपिआर नगरपालिका बाट भएको छ समेत तामाङले बताउनुभयो । क्षेत्रिय सभापतीको हैसियतले क्षेत्रभरको बिकासमा पहल गर्ने समेत उहाँले प्रतिवद्वता ब्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक २ का सांसद मोहनबहादुर बस्नेतले यस क्षेत्रको समग्र बिकासको नेतृत्वलिने बताउनुभयो । आफुले चुनावमा गरेका सबै प्रतिवद्वता पुरा गर्ने बताउँदै यस क्षेत्रलाई साटेर ल्याएको जस्तो देखिने गरि बिकास गर्ने बताउनुभयो ।
नेपालीकांग्रेस बागमती प्रदेशका सभापती इन्द्र बहादुर बानियाँले मुलुकमा रहेको समानुपातिक प्रणाली लाई खारेज गर्नुपर्ने बताउनुभएको छ । अहिले देशको अर्थतन्त्रमा देखिएको मन्दिलाई सुधार गर्न भएपनी समानुपातिक प्रणाली हटाउनु पर्ने बताउनुभएको हो । “समानुपातिक प्रणाली लाई खारेज गरौ बरु यसकालागि छुट्याउने बजेट बिकास निर्माण मालागनी गरौं” बानियाँले भन्नुभयो । गुफाडाँडाको विकासको लागिआफू सधै लागिपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा मेलम्ची नगरपालिका वडा नं १० नेकपा एमाले वडा कमिटि सदस्य अर्जुन माझि नेकपा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ ।

कार्यक्रम क्षेत्रिय सभापती आइतमान तामाङको सभापतीत्व, सांसद मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता र बागमतीप्रदेश सभापती इन्द्र बहादुर बानियाँको बिशेष आतिथ्यतामा भएको हो । कार्यक्रममा पुर्व केन्द्रिय सदस्य बिष्णु बिक्रमथापा, निवर्तमान जिल्ला सभापती बिकास लामा, महासमिति सदस्यहरु लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कलाकारहरु नवराज घोरासैनी, विशाल काल्तान, शिवहरि नेपाल, दमन रुपाखेती, जितु लोप्चन, प्रतिमा अर्याल, बिदुर घोरासैनी, राजेन्द्र गिरी, आशा लामा लगायतले विविध साँस्कृतिक प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।