चौतारा ।
चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख सिता थापाले महिला अधिकार स्थापनार्थ आम नारी वर्गको संघर्ष र बिबिध आन्दोलनको अहम भूमिका रहेको बताउनुभएको छ । ११५ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा नगरपालिकाको महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा शनिबार सम्पन्न कार्यक्रममा उपप्रमुख थापाले चौतारा नगरपालिकाले महिला तथा वालवालिकाको क्षेत्रमा आवश्यक बजेट बिनियोन गरि कार्यन्वयन गर्दै आईरहेको बतउनुभयो । उहाँले नगरपलिकामा थप प्रभावकारी कार्यक्रमहरु तय गर्न अधिकारको लागि लागिपरेकाहरुको र रचनात्क तथा सिर्जनात्मक सहयोग रहनुपर्ने आवश्यकता औल्याउनुभयाे ।
कार्यक्रमको अवसरमा खुला सन्देशमूलक लोकगीत प्रतियोगिता सम्पन्न गरेको भएको थियो । नगरपालिका भरिबाट १२ समूह सहभागि प्रतियोगितामा कमलको फुल सहकारी संस्थाकी निर्मला तिमल्सीनाको समूह प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर १० को कबिता थापाको समूह दोस्रो, कञ्चन बि.क. को नेतृत्वमा रहेको अपाङ्गता भएका व्यक्तिहरुको समूह तेस्रो र रसिला खत्रीको नेतृत्वमा रहेको वडा नम्बर १४ को समूहले सान्त्वना स्थान हासिल गरेको थियो ।
प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्ने समूहलाई पुरस्कार वापत एक एक थान स्पीकर (साउण्ड स्टम) प्रदान गरिएको थियो । उक्त पुरस्कार कार्यक्रमको प्रमुख अतिथि नगरपालिकाका उपप्रमुख सीता थापाले बितरण गर्नुभयो ।
प्रतियोगिताको मुल्याङ्कन गर्ने कलाकारहरु सिन्धुकला प्रतिष्ठानका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ, श्री जनजागृती माबिका शिक्षिका खिकादेबी नेपाल र सिनधुकला मनिदरका सदस्य निर्मल बस्नेतले गर्नुभएको थियो ।
कार्यक्रममा नगरपालिका वडा नम्बर ५ का अध्यक्ष सिव श्रेष्ठले कार्यक्रमको औचित्वबारे प्रष्ट्याउदै नारी दिवशको शुभकामना सहित स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
त्यस्तै वडा नम्बर १४ का अध्यक्ष एवं नगरप्रबक्ता उद्धवप्रसाद नेपालले समाजको बिभिन्न क्षेत्रहरुमध्ये महिलाको सवालमा सरकारले गरेको व्यवस्था र अधिकारको कार्यन्वयनमा महिलाहरु नै बढी अग्रसर भएर लाग्नुपर्ने बताउनुभयो ।
नगरपालिका शिक्षा शाखा प्रमुख मातृका आचार्यले महिलाहरुमा अधिकारको बारेमा चेतना मात्र भएर नपुग्ने भन्दै कार्यन्वयनमा व्यवहारिकतामा पनि त्यतिकै ध्यान दिनुपर्ने बताउनुभयो ।
त्यसैगरि कफी सहकारी संघको अध्यक्ष मन्दु थापाले महिलाहरुमा नेतृत्व विकास र उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रम व्यवस्थापनको लागि सप्रोस नेपालले बिशेष सहयोग गरेको सप्रोस नेपालका समानता परियोजनाका व्यवस्थापक महेश्वर ढकालले जनाकारी गराउनुभयो ।
जिल्ला प्रहरी, नगरस्तरीय महिला सञ्जाल, सप्रोस नेपाल, महिला आत्मनिर्भता केन्द्र, नगर स्तरीय अपाङ्गता सञ्जाल, एकल महिला सञ्जाल, नेपाल आदिवासी जनजाती महिला संघ, लगायत बिभिन्न गैरसरकारी संस्थाहरुको समन्वयमा कार्यक्रम सम्पन्न भएका नगर महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाले जनाएको छ ।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवम् उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ । नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।