मेलम्ची ।
विद्यालय कर्मचारी परिषद मेलम्ची नगर कमिटीले आफूहरुको मागलाई सम्बोधन गर्न माग गर्दै आज मेलम्ची नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।
परिषदका अध्यक्ष दिपक खतिवडा सहितको टोलीले मेलम्ची नगरपालिकाका प्रमुख, उप प्रमुख र प्रमुख प्रशाशकिय अधिकृतलाई भेटेर कर्मचारीहरूको मागलाई यथासक्य पुरा गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको अध्यक्ष खतिवडाले जानकारी दिनुभयो ।
विद्यालय कर्मचारीहरुले न्युन पारिश्रमिकमा धेरै कार्यबोझ बोक्दा समेत राज्य पक्षबाट कुदृष्टिको शिकार बनिरहेको भन्दै स्थानिय सरकारबाट प्राप्त गर्न सकिने पुर्ण सेवा सुविधाको ग्यारेण्टी हुनुपर्ने, विद्यालय सहयोगिहरूको लागि स्यानिय तहबाट थप गरिएको रकमको दायरा बढाउदै कम्तीमा २०,००० र महंगी भत्ता अनुरूप २००० को ब्यवस्था गर्नुपर्ने लगायतका माग राखी पत्र बुझाएको उहाँले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझ्दै नगरप्रमुख उप प्रमुखले आफूहरु मागप्रती सकारात्मक रहेको बताएको अध्यक्ष खतिवडाले बताउनुभयो ।
ज्ञापन पत्रमा निम्न मागहरु समेटिएको छ :
१. स्थानिय सरकारबाट प्राप्त गर्न सकिने पुर्ण सेवा सुविधाको ग्यारेण्टी हुनुपर्ने ।
२. विद्यालय कर्मचारीहरूलाई स्थानिय तहबाट थप गरिएको ३५०० लाई बढाएर कम्तीमा केन्द्रबाट तोकिएको १३,५०० मा सो रकम (रू. १३,५००) नै थप र महंगी भत्ता अनुरूप २००० भत्ताको ब्यवस्था गर्नुपर्ने ।
३. विद्यालय सहयोगिहरूको लागि स्थाानिय तहबाट थप गरिएको रकमको दायरा बढाउदै कम्तीमा २०,००० र महंगी भत्ता अनुरूप २००० भत्ताको ब्यवस्था गर्नुपर्ने ।
४. ६० बर्ष उमेर हदका कारण अवकाश गरिएका विद्यालय कर्मचारीहरूका लागि स्थानिय सरकारले तत्काल कार्यविधि मार्फत कम्तीमा रितो हात फर्कनु नपर्नेगरि सम्पुर्ण सेवा सुविधाको प्रबन्ध गर्नुपर्ने ।
५. निजामती कर्मचारीहरूबाट पटक पटक विद्यालय कर्मचारीहरूलाइ गिद्धेदृष्टिले हेर्ने परिपाटी पुर्णा रूपमा बन्देज गरि स सम्मान कार्य गर्ने वातावरण श्रृजना गर्नुपर्ने ।
६. अन्य शिक्षक कर्मचारीहरू सरह विदा तथा सेवासुविधाको पुर्ण ग्यारेण्टी हुनुपर्ने ।