मेलम्चीमा एक महिने कफि बनाउने तालिम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित ३० दिने ‘वारिष्ठा (कफि बनाउने)’ तालिम भव्य रूपमा सम्पन्न भएको छ। प्राइम इन्ष्टिच्युट अफ होटल म्यानेजमेन्ट एण्ड इन्जिनियरिङ प्रालिको आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिकाका ६० जना सहभागी बनेका थिए।

तालिमको समापन समारोहमा नगर प्रमुख आइतमान तामाङले सहभागी युवाहरुलाई प्राप्त सिपको प्रयोग गर्दै आत्मनिर्भर बन्न आग्रह गरे। उनले नगरपालिकाले युवाहरुको स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्न यस्ता व्यावसायिक तथा सिपमूलक तालिमहरूलाई प्राथमिकता दिएको बताए।

समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख तामाङले भने, “हामीले रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्ता तालिमहरू सञ्चालन गरेका हौं। युवाहरूले सिकेको सीपलाई व्यवहारमा उतार्न सकेमा आत्मनिर्भर बन्ने मात्र होइन, अरूलाई पनि रोजगारी दिन सकिन्छ।”

तालिममा सहभागीहरूले कफि बनाउने विभिन्न प्रविधि, सेवा शैली, उपकरणको प्रयोग तथा ग्राहकसँगको व्यवहार जस्ता विषयमा व्यवहारिक ज्ञान प्राप्त गरेका थिए।

नगरपालिकाले आगामी दिनमा यस्ता तालिमहरूलाई अझ विस्तार गर्दै युवाहरूलाई स्वरोजगारमुखी बनाउन निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply