मेलम्ची नगरपालिका वडा नं. ११ निवासी शिक्षक रामभक्त दनुवारको गत पौष २९ गते आगलागीबाट घर तथा अन्नपात क्षति भएकोमा नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर समितिमार्फत उहाँको निम्ति सञ्चालन गरिएको राहत सहयोग सङ्कलन अभियानमार्फत संकलित रु. ८०,४७०।– (असी हजार चारसय सत्तरी रुपैयाँ) रकम सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ ।
नेपाल शिक्षक महासंघ राष्ट्रिय समिति सदस्य राधाकृष्ण श्रेष्ठ, मेलम्ची नगर शिक्षक महासंघका अध्यक्ष शिवप्रसाद ढुङ्गाना सहित नेपाल राष्ट्रिय शिक्षक संगठन मेलम्ची नगर समितिका पदाधिकारी एवं सदस्यहरुको सहभागितामा शनिबार सो रकम हस्तान्तरण गरिएको हो ।
एउटा शिक्षकमाथी परेको विपदमा साथ दिनु अरु शिक्षकको पनि जिम्मेवारी भएकोले नगर समितिले समन्वय गरी सञ्चालित अभियानमार्फत जम्मा भएको सहयोग हस्तान्तरण गरिएको संगठनका मेलम्ची नगर अध्यक्ष कृष्णप्रसाद ढुंगानाले जानकारी दिनुभयो ।