नवलपुर ।
सामुदायिक बिकास तथा वातावरण संरक्षण मञ्च को २५ औं स्थापना दिवस तथा २४ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष रामजी थापाको अध्यक्षतामा भएको कार्यक्रममा, जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । विशेष अतिथि जिल्ला समन्वय समितिका उपप्रमुख पदम नाथ नेपाल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपाल रहनुभएको थियो ।
सभामा बोल्दै अध्यक्ष रामजी थापाले गाउँमा परेका बिपद र बिकासमा संस्थाको भुमिका अतुलनिय रहेको बताउनुभयो । आगामी दिनहरूमा संस्थाले सबैको साथ सहयोगको अपेक्षा गरेको बताउनुभयो । आगामी दिनमा अझ सशक्त रूपमा समुदायको हितका कामहरू गर्ने उहाँले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति उपप्रमुख पदम नाथ नेपालले बिपदको क्षेत्रमा संस्थाले ठुलो योगदान दिएको बताउनुभयो । सभामा शुभकामना मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष नेपालले बिकास र संमृद्विको लागि सरकारी तथा गैह्र सरकारी संस्थाको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।
सभामा मन्तब्य राख्दै इन्द्रावती ७ का वडा अध्यक्ष रबिन्द्र कुमार खाती र वडा नं १० का अध्यक्ष रामचन्द्र घिमिरेले संस्थाले समुदायीक हितमा नेतृत्वदायी र अग्रणी भुमिका खेलेको बताउनुभयो । सभामा अतिथिहरूलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो । संस्थाले स्वास्थ्य, समावेशी शिक्षा, समावेशी जिविकोपार्जन, समावेशी बिपद व्यवस्थापन, खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना, पशुपालन लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
सभामा संस्थाको बार्षिक आय ब्यय प्रस्तुत गरिएको थियो । आर्थिक बर्ष २०७८÷०७९ मा संस्थाको कुल बजेट १ करोड ७८ लाख २३ हजार ७ सय १२ रहेको थियो । चालु आर्थिक बर्ष २०८९÷०८० को लागि प्रस्तावित बजेट ३ करोड ८० लाख ९९ हजार ७ सय ६९ रहेको छ । सभामा संस्थाका उपाध्यक्ष इश्वरी अधिकारी लगायत पदाधिकारीहरू, विभिन्न संस्थाका पदाधिकारीहरू, शिक्षक, पत्रकार, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।
