एकीकृत अखिल नेपाल शिक्षक संगठन, मेलम्ची नगर समितिको तेस्रो सम्मेलन बुधबार मेलम्चीमा सम्पन्न भएको छ ।
सम्मेलनबाट अन्य पधादीकारी तथा सदस्यहरुमा वरिष्ठ उपाध्यक्ष योगराज दुलाल, उपाध्यक्ष गोपाल खड्का, महिला उपाध्यक्ष मनमाया तामाङ, सचिव हरिप्रसाद सापकोटा, सहसचिव रामशरण मिजार, अर्थ सचिव शिवप्रसाद आचार्य सदस्यहरुमा गुमबहादुर थापा, मनोज कुमार यादव, अमृता तामाङ, प्रेम बहादुर रोका, बिनोद कुमार यादव, इन्द्र गिरी, बिनिता घोरासैनी, मोहनकाजी तामाङ, सरोज बस्नेत, सुन्तलीमाया श्रेष्ठ, सुस्मिता तामाङ र पार्वती आचार्य रायमाझी निर्वाचित हुनुभएको छ ।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री माननीय युवराज दुलाल शरदको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनबाट अध्यक्षमा आसमान तामाङ लगायत १९ सदस्यीय कार्य समिति सर्वसम्मत निर्वाचित गरीएको निबर्तमान अध्यक्ष यादव दुलालले जानकारी दिनुभयो ।
कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि दुलालले पार्टीलाई मार्ग निर्देशन गरेर शिक्षक संगठनहरु अगाडी बढ्नुपर्ने सुझाव दिनुभयो । उहाँले पेशागत मर्यादा र दक्षताबाट प्रसिद्धता कमाउनुपर्ने र यसका लागि वैचारीक रुपमा दृढ हुनुपर्ने बताउनुभयो ।
सोही क्रममा उहाँले देश लुट्नेहरु एक ठाउँमा उभिएर अलोकतान्त्रिक सरकार बनाएको बताउँदै नेकपा (माओवादी केन्द्र) सरकारबाट बाहिरीएसंगै संबिधानको कार्यान्वयन सहित समाजलाई सुशासन र समृद्धि तर्फ डोर्याउन दृढ संकल्प सहित पार्टी अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा विशेष अतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य चन्द्र बहादुर थापा (किशोर), एकीकृत अखिल नेपाल शिक्षक संगठनका पूर्व केन्द्रीय अध्यक्ष भोला सापकोटा लगायतको उपस्थिती रहेको थियो ।