भोटेकोशी एमालेमा सुन्तली, पालिका कमिटी हाँक्ने पहिलो महिला

* # पालीका खबर राजनीति समाचार समाज सिन्धुपाल्चोक

नेकपा एमाले भोटेकोशी गाउँपालिका कमिटीको अध्यक्षमा सुन्तली लामा श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिवार भोटेकोशी गाउँपालिका कमिटीको श्रीचौर खोकुण्डोलमा भएको दोस्रो अधिवेसनबाट श्रेष्ठको नेतृत्वमा नयाँ कमिटी निर्वाचित भएको हो ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको अधिवेशनबाट उपाध्यक्षमा फूर्निमा शेर्पा, सचिवमा नोर्शाङ शेर्पा, उपसचिवद्धय ज्ञानर्पु शेर्पा र वीरबहादुर तामाङ सहित कार्यसमिति सर्वसम्वत निर्वाचित भएको हो । भोटेकोशी गाउँपालिका कमिटीले महिला नेतृत्व निर्वाचित गराएसँगै एमाले सिन्धुपाल्चोकको स्थानीय पार्टी कमिटीको नेतृत्वमा महिला नेतृत्व स्थापित भएको छ ।

पालिका कमिटी अध्यक्ष अमृत खड्काको अध्यक्षतामा भएको भब्य समारोहको बीच भएको अधिवेशनमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज शरेश नेपाल, पोलिटब्युरो सदस्य अरुण नेपाल, प्रदेश कमिटीका सदस्य टपिन्द्र प्रसाद तिमल्सिना, निमफूञ्जो शेर्पा, आङछिरिङ शेर्पालगायत नेताहरुले धारणा राखेका थिए । अधिवेशनबाट लोकतान्त्रिक अदिवासी जनजाती महासंघ पालिका कमिटी पनि निर्माण भएको छ । दावा शेर्पाको अध्यक्षतामा १५ सदस्यको महासंघको गठन गरिएको हो ।

Leave a Reply