हेलम्बु ।
बागमती प्रदेश सभा सदस्य कृष्ण कुमार तामाङ (समीर) ले हेलम्बु–७ स्थित ठूलो ढुङ्गा महाँकाल फाँट सिंचाई कुलोको अवलोकन गर्नुभएको छ । आर्थिक बर्ष २०७९/०८० को १० लाख बजेटमा निर्माण भएको उक्त सिँचाई आयोजनाको सांसद तामाङले आज अवलोकन गर्नुभएको हो ।
सांसद तामाङको पहलमा करिव साँढे २ किलोमिटर लामो कुुलोले १८२ घरधुरीका ९९३ रोपनी जग्गामा सिंचाई भई ८८६ जनसंख्या लाभान्वित हुने उपभोक्ता समितीका अध्यक्ष खेतनाथ घिमिरेले जानकारी दिनुभयो । महाँकाल बस्तीमा रहेका पुरै माहाँकाल फाट सिंचाइ हुने उहाँले बताउनुभयो ।
उक्त आयोजना निर्माण सम्पन्न गर्न आर्थिक बर्ष २०८०/०८१ मा पनि थप १० लाख रुपैया बिनियोजन भएको सांसद तामाङका स्वकिय सचिव सम्राट रावतले जानकारी दिनुभयो ।
सांसद तामाङको साथमा समितीका अध्यक्ष खेतनाथ घिमिरे, नेपाली काङ्ग्रेस जिल्ला सचिव रमेशराज भण्डारी, नेपाली काङ्ग्रेसका नेता रामशरण गिरि, सुनिल दोङ्ग तामाङ लगायतले आयोजनाको निरिइाण गर्नुभएको हो ।