काम नगरी गफ लगाएको आधारमा कसैलाई भोट दिनुहुँदैन : स्वास्थ्य मन्त्री बस्नेत

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले जनताको काम नगर्नेलाई गफ लगाएको आधारमा मात्रै निर्वाचनमा भोट हाल्न नहुने बताउनु भएको छ । सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ मा पर्ने पाँचपोखरी थाङपाल गाउँपालिका वड नं. ४ थाङपालकोटमा आयोजित नागी टासी छ्योलिङ्ग गुम्बाको सिलान्यास कार्यक्रममा मन्तव्य राख्नुहुँदै मन्त्री बस्नेतले जनप्रतिनिधि भएपनि मुद्दामामिलादेखि विकास निर्माणका साथै जनताको आपत विपदमा सबै काम गर्नुपर्ने बताउँदै आफूले जनताका सबै समस्याहरुमा सहयोगी भएर काम गर्ने बताउनु भएको हो ।
उहाँले चुनावको वेलामा राजनीति गर्ने हो भन्नुहुँदै सामाजिक काममा सबै एक ढिक्का भएर लाग्नुपर्छ भन्नेमा जोड दिनुभयो । उहाँले विगतमा जितेका जनप्रतिनिधिहरुको ध्यान २०७२ को भूकम्पले नष्ट गरेका गुम्बा र मठमन्दिर निर्माण गर्ने तीर नभएकोले अहिलेसम्म पुनःनिर्माण हुन नसकेको बताउनुभयो ।
बागमती प्रदेशसभा सदस्य कृष्णकुमार तामाङ ’समीर’ले भूकम्पले क्षति पु¥याएको तीन सय वर्ष पुरानो गुम्बा सिलन्यनस भइसकेकोले निर्वाचनको बेला गरेको प्रतिवद्धता अनुसार पुनःनिर्माणका लागि सहयोग गर्ने बाचा गर्नुभयो । उहाँले गुम्बा निर्माणका क्रममा पैसाको बारेमा चिन्ता नलिन अनुरोध गर्दै राजनीतिक प्रतिस्पर्धा नगरी निर्माण सम्पन्न गर्न लाग्न आग्रह गर्नुभयो ।
गुम्बा विकास समितिका केन्द्रीय सदस्य शिशिर वाइवाले सिलान्यास भएको गुम्बा निर्माण सम्पन्न गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुुभयो । नरदेवी आयुर्वेद अस्पताल विकास समितिका सदस्य लेखनाथ लामाले मत माग्ने बेलामा जातीय कुरा गरेर विकास निर्माणका समयमा हराउनेहरुका पछि लाग्ने काम अब बन्द हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस पाँचपोखरी थाङपाल गाउँपालिकाका सभापति प्रेम दोङ, नेकपा माओवादी केन्द्र पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष दिलबहादुर वाइवा, समाजसेवी शंकर लामालगयतले मन्तव्य राख्नुभएको थियोे ।
यसैक्रममा पाँचपोखरी प्राथमिक अस्पतालको अवलोकन गर्नुहुँदै मन्त्री बस्नेतले अस्पतालको व्यवस्थापनका लागि आवश्यक सबै खालका कामहरु गर्न आफू तयार रहेको वताउनुहुँदै समस्या समाधानका लागि प्रक्रिया पुर्याएर मन्त्रालयमा माग गर्न आग्रह गर्नुभयो । मन्त्री बस्नेतलाई प्राथमिक अस्पतालका प्रशासन प्रमुख सरोज धितालले अस्पतालको अस्थाको बारेमा जानकारी गराउनु भएको थियो । मन्त्री बस्नेतले स्थानीय विद्यालयको अवलोकन गरि त्यहाँका समस्या समाधानका बारेमा समेत चासो राख्नुभएको थियोे ।

Leave a Reply