पाँचपोखरी थाङपाल गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ्शिल्ड प्रतियोगिताको उपाधि थाङपाल भ्याली माध्यमिक विद्यालय थाङपालकोटले जितेको छ ।
हिजाे सम्पन्न प्रतियोगितामा ११ स्वर्ण ७ रजत ९ कास्य सहित भ्याली लगातार ३ पटक बिजेता बन्दै शिल्ड आफ्नो बनाउन सफल भएको थाङपाल भ्याली माबिका व्यवस्थापन समिति अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो ।
त्यस्तै ६ स्वर्ण ४ रजत २ कास्य सहित थाङपाल धाप माबि दोस्रो, ५ स्वर्ण ५ रजत ५ कास्य सहित भोटेनाम्लाङ माबि तेस्रो भएको खेलकुद विकास समिति अध्यक्ष ग्याल्बो साम्देनले जानकारी दिनुभयो । बिजेतालाई गाउँपालिका अध्यक्ष टासी लामा लगायतले पुरस्कार प्रदान गर्नुभयो ।