मेलम्चीमा सामाजिक अभियान्ताहरुको भेला, नागरिकको अधिकारका लागि एकजुट हुन आह्वान

* # समाचार समाज सिन्धुपाल्चोक

जिल्ला स्तरीय सामाजिक अभियान्ताहरुको साझा संस्थाराष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानवअधिकार एलाइन्स) सिन्धुपाल्चोकको जिल्ला सम्मेलन तथा पाँचौ जिल्ला अधिबेशन (मानवअधिकार एलाइन्सका केन्द्रिय अध्यक्ष मिनबहादुर साहीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । नेकपा एमालेका केन्द्रिय सदस्य तथा पार्टीका सिन्धुपाल्चोक इन्चार्ज सरेश नेपाल प्रमुख बक्ता रहनुभएको अधिवेशनमा एमालेका केन्द्रिय अनुशासन आयोगका सदस्य डम्बर अर्याल,एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा मानवअधिकार एलाइन्सका संस्थापक अध्यक्ष कृष्णराज श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष होमनारायण श्रेष्ठ, बागमती प्रदेश सचिवालय सदस्य बालकृष्ण देउजा लगायतको उपस्थिती रहेको थियो ।

मेलम्चीमा सामाजिक अभियान्ताहरुको भेला, नागरिकको अधिकारका लागि एकजुट हुन आह्वान

कार्यक्रममा गैह्रसरकारी महासंघका अध्यक्ष रामप्रसाद सुवेदी,केन्द्रिय कोषाध्यक्ष नानिमाया थापा, (मानवअधिकार एलाइन्सका केन्द्रिय उपमहासचिव तिलोतम पौडेल,केन्द्रिय सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज मधुसुदन सापकोटा,बागमती प्रदेश सदस्य हरि प्रसाद तिमिल्सिना, नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष अर्जुन भण्डारी, सचिव कृष्णगोपाल तामाङ लगायतका नेताहरु तथा अभियान्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै केन्द्रिय अध्यक्ष साहीले देशभर एलाईन्सले गरिरहेका गतिविधिहरुका बारेमा जानकारी गराउँदै सरकारले ल्याएको अध्यादेशका बारेमा नागरिकहरुलाई सु-सुचित गराउँदै सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्ने बताउनुभयो । प्रमुख बक्ता नेपालले मुलुक निर्माणमा अभियान्ताहरुको महत्वपूर्ण योगदान रहेकाले आगामी यात्राका लागि नागरिकहरुलाई सचेतना र राज्यलाई खवरदारी गर्ने अभियानमा सक्रिय रहन अनुरोध गर्नुभयो ।

एमाले सिन्धुपाल्चोक इन्चार्ज समेत रहनुभएका नेपालले मुलुकभर रहेका सामाजिक संस्था तथा संस्थामा आवद्ध अभियान्ताहरुले सरकारको सहयोगीका रुपमा कार्य गरिरहेको र मुलुक निर्माणमा सहयोग पु¥याईरहेको बताउनुभयो । कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले एलाईन्स राज्यका निकायहरुको खवरदारी तथा नागरिकहरुको अधिकारका लागि स्थापित हुनु पर्ने बताएका थिए ।

अध्यक्ष नातिबाबु धितालको अध्यक्षतामा संचालन भएको अधिवेशन बाट पुःन धितालकै अध्यक्षतमा नया नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा भवानी श्रेष्ठ,सचिव युवराज भट्टराई, उपसचिव राजेन्द्र लामिछाने, कोषाध्यक्ष प्रविन नेपाल सहित १७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

Leave a Reply