पाँचपोखरी थाङपाल गाउँपालिकाको १६ औं हिउँदे अधिवेशनबाट विपद् व्यवस्थापन विधेयक पारित भएको छ । आज भएको सभाबाट उक्त विधेयक पारित भएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
त्यस्तै सभाले बेरुजु फर्छेउटका लागि समपरिक्षण गर्ने महालेखा परिक्षकको कार्यालयमा अनुरोध गने तथा यस आर्थिक बर्षको हाल सम्मको खर्च अनुमोदन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेँलले जानकारी दिनुभयो ।